चिया र कफीको बारेमा केहि रोचक जानकरीहरु
चिया बारे जानकारी :
- विश्वकै पहिलो नगदेबाली ।
- Green Gold भनी चिन्ने ।
- नेपालमा वि.सं. १९२० मा जंगबहादुर राणालाई चीन सरकारले उपहारस्वरूप दिएको चिया आफ्ना ज्वाइँ गजराज सिंह थापाले भित्र्याएका थिए।
- नेपालमा चिया दिवस वैशाख १५ गते मनाइन्छ (वि.सं. २०५४ देखि २०५४ देखि मनाउन सुरु) भने अन्तर्राष्ट्रिय चिया दिवस सन् २००५ बाट मे २१ मा मनाउन सुरु भएको हो।
- चिया दिवस २०७९ को नारा “गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार- चियाको निर्यात आर्थिक समृद्धिको आधार”,
- चिया दिवस २०८० को नारा ” गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔं, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडा”,
- विश्वको २५ देशमा चियाको व्यावसायिक खेती हुन्छ जसमध्ये नेपाल १० स्थानमा पर्दछ ।
- हाल नेपालमा १८ जिल्लामा चिया उत्पादन हुने गरेको छ।
- नेपालमा Camellia परिवारको आसामी, कम्बोडियाली र चिनियाँ ३ प्रजातिका चिया पाइने (आसामी र कम्बोडियाली चिया सीटीसी चियाका प्रजाति हुन् भने चिनियाँ चिया अर्थोडक्स चियाको प्रजाति हो।
- नेपालको पहिलो Tea-state : बुधकरण टी स्टेट (वि.सं. २०१६)।
- चिया क्षेत्र घोषित जिल्ला पाइझाधते ( पाँचथर, इलाम, झापा, धनकुटा, तेह्रथुम)।
- चिया क्षेत्र घोषणा गर्ने राजा: राजा वीरेन्द्र (२०३९ साल)।
- चियामा पाइने तत्त्व : टेनिन
- तराईमा उत्पादित चिया : CTC (Crush, Tear, Curl), बढी उत्पादन हुने जिल्ला : झापा
- पहाडमा उत्पादित चिया : अर्थोडक्स चिया, बढी उत्पादन हुने जिल्ला : इलाम ( बढी ग्रिन टी पनि इलाम)
- चिया विकास निगमको स्थापना : वि.सं. २०२३ असोज २३
- राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना : २०५० जेठ २०
- राष्ट्रिय चिया नीति : वि.सं. २०५४
- नेपालमा प्रथम पटक चिया गणना : वि.सं. २०७५ माघ २५
- चिया सर्वेक्षण २०७५ अनुसार सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला : झापा
- क्षेत्रफलका हिसाबले चिया खेती गरिएका प्रमुख जिल्ला : झापा, इलाम, पाँचथर
- धेरै किसान चिया खेतीमा संलग्न : इलाम
- बढी चिया बगान भएको जिल्ला : इलाम
- नेपालमा चिया खेती सुरुवात : इलाम
- बढी उत्पादन गर्ने राष्ट्र : चीन, भारत, केन्या, श्रीलंका, टर्की
- बढी खपत गर्ने : बेलायत
कफी बारे जानकारी:
- संसारमै चियापछि दोस्रो बढी प्रयोग हुने पेय पदार्थ कफी हो।
- नेपालमा वि.सं. १९९५ मा भित्रिएको भए पनि वि.सं. २०११ बाट व्यापकता पाएको,
- कफी भित्र्याउने व्यक्तिः हीरालाल गिरी (म्यानमारबाट)
- नेपालमा पहिलोपटक कफी : गुल्मीको आँपचौर
- नेपालमा कफी दिवस : मंसिर १ गते (वि.सं. २०६२ बाट मनाउन सुरु)
- विश्व कफी दिवस : अक्टोबर १ (सन् २०१४ बाट मनाउन सुरु)
- राष्ट्रिय कफी दिवस, २०७९ को नारा : “व्यावसायिक कफीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट”
- कफीमा पाइने तत्त्व : क्याफिन
- विश्वका करिब ८० देशमा कफी पाइने, जसमा नेपाल ५३ औँ स्थानमा रहेको,
- हाल नेपालमा ४० जिल्लामा कफी पुगिसकेको र करिब २२ जिल्लामा व्यावसायिक खेती हुने गरेको छ।
- नेपालमा करिब १००० मिटरदेखि १६०० मिटरसम्मको उचाइमा कफी उत्पादन हुने गरेको पाइन्छ।
- नेपालमा अराविका वर्णको टिपिका र बर्बन जातका कफी पाइने,
- नेपालको पहिलो कफी प्रशोधन केन्द्र : गुल्मीको बलेटक्सार (वि.सं. २०४२)
- राष्ट्रिय कफी नीति : २०६०
- कफीका लागि प्रसिद्ध जिल्ला : गुल्मी
- बढी कफी फल्ने जिल्ला : काभ्रेपलान्चोक
- “एक गाउँ एक उत्पादन”मा कफीको जिल्ला : स्याङ्जा
- “एक गाउँ एक उत्पादन”मा अर्ग्यानिक कफीको जिल्ला : सिन्धुपाल्चोक
- नेपाली कफीको मुख्य गन्तव्य : जापान, अमेरिका र विभिन्न युरोपेली मुलुकहरू
- विश्वमा बढी कफी उत्पादन गर्ने देश : ब्राजिल
- विश्वमा कफीको घरः इथियोपिया
- विश्वकै महँगो कफी : इन्डोनेसिया
- विश्वमा बढी कफी खपत गर्ने देश : फिनल्यान्ड