महामूर्ख सम्मेलन, २०८०
मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले मिनापले वि.सं. २०६१ सादेखि प्रत्येक वर्ष होली पर्वको पूर्व सन्ध्यामा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ। मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा जनकपुरधाममा आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा प्रदान गरेको।
महामूर्खको उपाधि: रामचन्द्र मण्डल, सभामुख मधेश प्रदेश
पटमूर्खको उपाधि: सुवासचन्द्र शिवाकोटी
मूर्ख महामण्डलेश्वरको उपाधि: प्रेम विदेह ललन
सदाबहार मूर्खको उपाधि: महावीर दास
वैशाखानन्दनको उपाधि: दिनेश पूर्वे
स्थायी मूर्खको उपाधि: सुवासचन्द्र साह