लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलो पटक सवारीसाधन सञ्चालन कहिले गरियो ?
- वि.सं. २०८० चैत १८
- काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेसन निर्माण गरी हाइड्रोजन इन्जिनयुक्त कारमा हरित हाइड्रोजन भरी गुडाइएको छ ।
- इलेक्ट्रोलाइसिस पद्धतिमार्फत पानी खण्डीकरण गरी हाइड्रोजन उत्पादन गरिएको छ ।
- यस स्टेसनबाट करिब ४० देखि ४५ युनिट विद्युत् खपत गरी १० लिटर पानी खण्डीकरण गरेर दैनिक दुई किलो हाइड्रोजन उत्पादन गरिएको छ । त्यति इन्धनबाट एउटा कार दुई सय किलोमिटर गुड्छ ।
२. अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले प्रदान गर्दै आएको अनेवा नक्षत्र पुरस्कार–२०२२ बाट सम्मानित स्रष्टा को हुनुहुन्छ ?
- गीता रेग्मी (२०८० चैत १४ मा प्रदान, राशि : ७५ हजार रुपियाँ)
- ‘प्रशान्तको तीरैतीर’ नियात्रा सङ्ग्रहका लागि प्रतिष्ठानले रेग्मीलाई सो पुरस्कारबाट सम्मानित गरेको हो ।
- सो नियात्रा कृतिमा विदेशलाई नेपालीले हेर्ने दृष्टि, विदेशमोह, बिदेसिने संस्कृति, डायस्पोरा चेतना आदि विषयलाई गहन रूपमा उठान गरिएको छ ।
३. नेपाल उद्योग परिसङ्घ (सिएनआई) अन्तर्गत महिला नेतृत्व फोरमको आयोजनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन–२०२४ कहिले सम्पन्न भएको हो ?
- वि.सं. २०८० चैत १७ र १८
- सम्मेलनमा १६ बुँदे चितवन घोषणापत्र जारी गरिएको छ ।
४. पे्रसिडेन्ट लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित (अमेरिकामा) नेपाली मूलका युवा को हुनुहुन्छ ?
- प्रवीण भण्डारी
- चार हजार एक सय घण्टा स्वयंसेवा गरी आफ्नो समुदाय र समाजमा योगदान दिएको भन्दै अमेरिकी सरकारको एक महìवपूर्ण अवार्ड प्रदान गरिएको हो ।
- पर्वतका भण्डारीले अमेरिकामा रही नेपाली समुदाय तथा अमेरिकी समुदायलाई कोभिड–१९ र अन्य समयमा समेत सहयोग गर्दै आएका थिए ।
५. कृषि व्यवसाय एवं उपभोक्ताको हितलाई ध्यानमा राखी कृषि मूल्य सूचना प्रणाली कुन प्रदेशमा सञ्चालनमा ल्याइएको छ ?
कोशी प्रदेश (वि.सं. २०८० चैत १४ बाट)
यो प्रणालीमा कोशी प्रदेशका तीन ठुला कृषि बजार बिर्तामोड, धरान र इनरुवाको थोक तथा खुद्रा मूल्य समावेश गरिएका छन् । विराटनगरको कृषि बजार भने हाल मूल्य सूचना प्रणालीमा समावेश भएको छैन ।
६. यस वर्ष (२०८०) को महामूर्ख सम्मेलनमा महामूर्खको उपाधि कसलाई प्रदान गरियो ?
- रामचन्द्र मण्डल (मधेश प्रदेश सभाका सभामुख)
- सम्मानित व्यक्तित्वहरू:
- महामूर्खको उपाधि : रामचन्द्र मण्डल, सभामुख, मधेश प्रदेश
- पटमूर्खको उपाधि : सुभाषचन्द्र शिवाकोटी
- मूर्ख महामण्डलेश्वरको उपाधि : प्रेम विदेह ललन
- सदावहार मूर्खको उपाधि : महावीर दास
- वैशाखानन्दको उपाधि : दिनेश पूर्वे
- स्थायी मूर्खको उपाधि : सुवासचन्द्र साह
- मिथिलाको कला संस्कृतिलाई संरक्षण र संवर्धन गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् (मिनाप) ले विसं २०६१ देखि होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।
७. एसियाज फिफ्टी बेस्ट रेस्टुरेन्ट्स अवार्डले सार्वजनिक गरेको रेस्टुरेन्टको सूचीमा एसियाको पहिलो स्थानमा रहन सफल रेस्टुरेन्ट कुन हो ?
- सेजेन रेस्टुरेन्ट (टोकियो)
- टोकियोकै फ्लोरिलेज रेस्टुरेन्ट सूचीको दोस्रो स्थानमा पर्न सफल भएको छ ।
- सन् २०२४ मा एसियाका उत्कृष्ट १० रेस्टुरेन्ट
- सेजेन (टोकियो)
- फ्लोरिलेज (टोकियो)
- गगन आनन्द (बैङ्कक)
- दी चेयरम्यान (हङकङ)
- विङ (हङकङ)
- नुसारा (बैङ्कक)
- सुहरिङ (बैङ्कक)
- डेन (टोकियो)
- ला सीम (ओसाका)
- ओडेट्टी (सिङ्गापुर)
८. वि.सं. २०८० चैत १५ देखि सञ्चालित एसइई परीक्षामा मुलुकभर कति परीक्षार्थी रहेका छन् ?
- पाँच लाख चार हजार ४१४
- छात्र : दुई लाख ५३ हजार ६२७
- छात्रा : दुई लाख ५० हजार ७७२
- सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापान परीक्षा केन्द्रमा २३ जना छन् ।
- यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो ।
- यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्पm न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनैपर्ने छ ।
- दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइने छ ।
- यस वर्षदेखि परीक्षा सञ्चालन हुने सात वटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुने छ भने ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने छ ।
९. मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?
- दुर्गालाल श्रेष्ठ
१०. एचथ्री नामक नयाँ पुस्ताको रकेटको सफल परीक्षण गर्ने राष्ट्र कुन हो ?
- जापान
११. सुनथराली विमानस्थल कहाँ रहेको छ ?
- कालीकोट (नरहरिनाथ गाउँपालिका–१, कोटवाडा)
- वि.सं. २०८० फागुन १४ मा विमानस्थल उद्घाटन गरिएको हो ।
- यस विमानस्थलको धावनमार्गको लम्बाइ ६४० मिटर र चौडाइ २० मिटर छ ।
- सुनथराली विमानस्थल दुवै तर्फबाट हवाईजहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थलका रूपमा रहेको छ ।
१२. राष्ट्रिय बिमा नीति कहिलेदेखि कार्यान्वयनमा आएको छ ?
- वि.सं. २०८० फागुन
- बिमा सेवा सुरु भएको साढे सात दशकपछि सरकारले राष्ट्रिय बिमा नीति ल्याइएको हो ।
- वि.सं. २०८० मङ्सिर २४ को मन्त्रीपरिषद् बैठकले बिमा नीति–२०८० स्वीकृत गरेको हो ।
- नेपाल बैङ्कको लगानीमा २००४ सालमा नेपाल माल चलानी तथा बिमा कम्पनी (हालको नेपाल इन्स्योरेन्स) स्थापना भएको थियो ।
- सोपश्चात् २०२४ सालमा राष्ट्रिय बिमा संस्थान (हालको राष्ट्रिय जीवन बिमा कम्पनी) र २०२५ मा नियामक निकाय बिमा समिति (हालको नेपाल बिमा प्राधिकरण) स्थापना भएको हो ।
✺ प्रमुख प्रावधान:
- बिमा क्षेत्रमा भएको लगानीयोग्य पुँजीलाई राष्ट्रिय पूर्वाधार विकास र उत्पादनशील क्षेत्रमा परिचालन गर्ने,
- गरिबीको रेखामुनि रहेकालाई बिमा शुल्कमा छुट,
- बिमा कलेज स्थापना,
- बिमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको लेखा प्रणाली,
- सामूहिक कोषमार्फत भूकम्प, हवाई, कृषि र लघुबिमा सञ्चालन,
- बिमा क्षेत्रको की पर्फर्मेन्स इन्डिकेटर बनाइने,
- वातावरणीय प्रभाव र गरिबीको दृष्टिले जोखिममा रहेका व्यवसायीको बिमा,
- भूगोल र समय अनुसार फरक फरक बिमा,
- विदेशमा रहेका नेपालीलाई बिमाको दायरामा,
- पुनर्बिमा विदेशी मुद्रा आर्जनको माध्यम बनाइने,
- बिमामा हुन सक्ने ठगी एवं जालसाजी नियन्त्रण,
- भूगोल र समाज अनुसार फरक फरक बिमा,
१३. मातृभूमि राष्ट्रिय सम्मान–२०८० कसलाई प्रदान गरियो ?
- संस्कृतिविद् डा. जगमान गुरुङ
१४. संसद्को एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बिचको अवधि कति समयभन्दा बढी हुनु हुँदैन ?
- छ महिना
१५. पाकिस्तानका राष्ट्रपिता भनेर कसलाई चिनिन्छ ?
- मोहम्मद अलि जिन्ना
१६. नयाँ सत्ता गठबन्धनको निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा चार सदस्यीय मन्त्रीमण्डलको गठन कहिले गरियो ?
- वि.सं. २०८० फागुन २१
- प्रधानमन्त्री प्रचण्डद्वारा पुराना सबै मन्त्री हटाई फागुन २१ मा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याललाई मन्त्री नियुक्त गरिएको हो ।
- सत्ता समीकरण बदलिएपछि फागुन २१ मा चार दलको बैठकद्वारा आठ बुँदे सहमति गरियो । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
१७. विश्वमा सर्वप्रथम ओजोन तह सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो ?
- सन् १९८७, क्यानडाको मन्ट्रियल
१८. दिगो विकास लक्ष्यको ‘फाइभ पी’ भन्नाले के के बुझिन्छ ?
- पिपुल, प्लानेट, प्रोस्परिटी, पिस एन्ड पार्टनरसिप (मानिस, ग्रह, समृद्धि, शान्ति, साझेदारी)
१९. दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?
- सीमाविद् बुद्धिनारायण श्रेष्ठ
- पुरस्कार राशि ५० हजार रुपियाँ रहेको छ ।
- यो पुरस्कार इतिहास, साहित्य, संस्कृति, ज्योतिष, समाज सेवालगायतका विविध विषयमा राष्ट्रियस्तरमा योगदान पु¥याउनेलाई २०६३ सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।
२०. बान्तवा भाषाको शब्दकोश कहिले प्रकाशित भएको हो ?
- वि.सं. २०८० चैत
- ‘बान्तवा शब्दकोश’ बान्तवा–नेपाली–अङ्ग्रेजी भाषामा रहेको छ ।
- नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, बान्तवा शब्दकोश तथा व्याकरण निर्माण समितिका अध्यक्ष कुलबहादुर राई, किराँत राई यायोक्खाका उपाध्यक्ष युवराज राईलगायतद्वारा २०८० चैत १४ मा सार्वजनिक गरिएको हो ।
- ११ वर्षअघि कुलबहादुर राईको अध्यक्षतामा बान्तवा शब्दकोश तथा व्याकरण निर्माण समिति बनेको थियो । समितिले भाषा वैज्ञानिक प्राडा नोवलकिशोर राईको संयोजकत्वमा शब्दकोश निर्माण सम्पादक मण्डल गठन गरेको थियो । सदस्यमा पदमकुमार राई, नीराजन राई तथा डिक बान्तवा थिए ।
प्रस्तुतकर्ता : टङ्क केसी