ईद उल-फित्र (Eid al-Fitr) को पावन अवसरमा इस्लाम धर्म विशेष:
☪ इस्लाम धर्म “अब्राहमिक परम्परा (केवल एउटै देवताको पूजासँग केन्द्रित धर्मलाई “अब्राहमिक धर्म” भनिन्छ।)” सँग सम्बन्धित “एकेश्वरवादी धर्म” हो।
☪ इस्लाम शब्दको अर्थ – “समर्पण” वा “आत्मसमर्पण” (सन्दर्भमा: अल्लाहको इच्छामा समर्पित)
☪ इस्लाम धर्मका अनुयायीहरूलाई “मुस्लिम/मुसलमान” भनिन्छ।
☪ इस्लाम धर्मका संस्थापक – पैगम्बर मोहमद (जन्म – सन् ५७०, मृत्यु – सन् ६३२)
☪ साउदी अरबमा अवस्थित मक्का सहरलाई इस्लाम धर्मको जन्मस्थल मानिन्छ।
☪ इस्लाम धर्मको सुरुवात परम्परागत रूपमा ७ औं शताब्दी ईस्वीमा भएको हो भन्ने मानिन्छ।
☪ इस्लाम धर्मको मूल ग्रन्थ – कुरान (Qur’an or Koran)
- कुरानमा प्रार्थना, नैतिक निर्देशन, ऐतिहासिक कथा, र स्वर्गको प्रतिज्ञाहरू छन्।
- कुरानमा यस धर्मका संस्थापक (पैगम्बर मोहमद) ले अल्लाहबाट प्राप्त गरेका शिक्षा र दिक्ष्यहरु समावेस छन्।
- कुरान ११४ अध्याय (सूरा) मा संगठित छ जसमा व्यक्तिगत पदहरू (आयत) छन्।
- कुरान मूल रूपमा अरबी भाषामा लेखिएको हो, कुरान मुस्लिम संसारमा सबैभन्दा अनुवादित पुस्तक हो।
- जानी राखौं: इस्लाम धर्ममा कुरान पछिपनि चारवोटा पवित्र ग्रन्थहरू छन्।
☪ इस्लाम धर्म कुरान र यस धर्मका संस्थापक पैगम्बर मुहम्मदको शिक्षामा केन्द्रित पवित्र र सख्त प्रकृतिको धर्म हो।
☪ इस्लाम धर्मको केन्द्रीय विश्वास – “अल्लाह बाहेक कुनै ईश्वर छैन, र मुहम्मद अल्लाहका दूत हुनुहुन्छ।“
☪ इस्लाम धर्मलाई प्रमुख विश्व धर्महरु मध्ये सबैभन्दा कान्छो धर्मको रुपमा मानिन्छ।
☪ जसरी हिन्दु धर्मको पुजा स्थललाई “मन्दिर” र इशाई धर्मलाई “चर्च” भनिन्छ, इस्लाम धर्मको पुजा स्थललाई “मस्जिद” भनिन्छ।
- विश्वोमा सबैभन्दा बादी मस्जिद भएको देश इन्डोनेसिया हो।
- नेपालमा सबैभन्दा बढी मस्जिद भएको जिल्ला रौतहट हो।
- विश्वोको सबैभन्दा पुरानो मस्जिद अल-हरम हो।
- नेपालको सबैभन्दा पुरानो मस्जिद पञ्च कश्मीरी टाकिया मस्जिद हो।
- विश्वोको सबैभन्दा ठुलो मस्जिद मस्जिद अल-हराम हो।
- नेपालको सबैभन्दा ठुलो मस्जिद जामा मस्जिद रहमानिया हो।
☪ मुस्लिम धर्मावलम्बीहरूले दिनमा पाँच पटक प्रार्थना गर्नुपर्छ – बिहान, दिउँसो, मध्यान्ह, सूर्यास्त र साँझ।
- इस्लाममा चार प्रकारका प्रार्थनाहरू छन्, जसमा फर्द (अनिवार्य प्रार्थना), वाजिब (आवश्यक प्रार्थना), सुन्न र नफल (स्वैच्छिक प्रार्थना) समावेश छन्।
☪ निम्न उल्लेखित पाँच स्तम्भहरू इस्लामका मूल विश्वास र अभ्यासहरू हुन्:
- विश्वासको पेशा (शहादा)
- प्रार्थना (नमाज)
- भिक्षा (जकात)
- उपवास (साम)
- तीर्थयात्रा (हज)
☪ इस्लाम धर्मको कानुनी व्यवस्थालाई “शरिया कानून” भनिन्छ।
☪ इस्लाम धर्ममा सातवटा सम्प्रदाय (ठूलो धार्मिक वा वैचारिक परम्परा भित्रको उपसमूह वा शाखाहरू) छन्; सुन्नी, शिया, वब्बी, सलाफी, बेरेल्वी, सुफी र देवबन्दी
☪ इस्लामिक तालिकाका दुई सबैभन्दा महत्त्वपूर्ण चाडहरू “इद-उल-अधा (Id-ul-Adha)” र “इद-उल-फित्र (Id-ul-Fitr)” हुन्।
☪ जन संख्याको आधारमा इस्लाम धर्म संसारको दोस्रो ठूलो धर्म हो। (पहिलो: इसाई धर्म)
☪ जन संख्याको आधारमा इन्डोनेसियामा इस्लाम धर्मका अनुयायीहरूको संख्या विश्वोव्यापी रुपमा सबैभन्दा बढी छ। (दोस्रो: पाकिस्तान र तेस्रो: भारत)
☪ नेपालमा जनसंख्याको आधारमा इस्लाम धर्म तेस्रो ठुलो धर्म हो (पहिलो: हिन्दु धर्म र दोस्रो: बौद्ध धर्म)। वि.सं. २०७८ सालको जनगणना अनुसार नेपालमा इस्लाम धर्मावलम्वीहरूको संख्या ५.०९% रहेको छ। नेपालमा धेरै मुस्लिम जनसङ्ख्या भएका जिल्लाहरू रौतहट, बाँके, कपिलवस्तु, पर्सा, महोत्तरी, बारा र सुनसरी हुन्।