बैसाख १ गते घटेका केहि महत्वपुर्ण घटनाहरु
“वैसाख १ गते विक्रम संवत् अनुसार नयाँ वर्षको शुभारम्भ दिन हो।”
बैसाख १ गते घटेका केहि महत्वपुर्ण घटनाहरुको सूची:
- वि.सं. १९६१ मा चन्द्र शमशेर ज.ब.राको शासनकाल देखि वैसाख १ गतेलाई आधिकारीक रुपमा नयँ वर्षको रुपमा मनाउने सुरुवात गरिएको हो।
- वि.सं. १९८१ बैसाख १ चन्द्र शमशेर ज.ब.राले नेपालमा दास प्रथाको औपचारिक उन्मुलन गरेका थिए।
- वि.सं. २००५ बैशाख १ गतेदेखि नेपालमा नेपाल सरकार वैधानिक कानुन २००४ लागू भएको थियो।
- वि.सं. २००५ बैशाख १ गते मोहन शमशेर ज.ब.रा नेपालका अन्तिम राणा प्रधानमन्त्री भएका थिए।
- वि.सं. २०१८ वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो। (राजा राजेन्द्र वीर विक्रम शाह र भीमसेन थापाको पालामा १० जिल्ला र वीर शम्शेरको पालामा ३२ जिल्ला र धनकुटा, पाल्पा र डोटी, ३ गौँडामा विभाजित थियो।)
- वि.सं. २०१९ बैसाख १ गतेको दिन महेन्द्र राजमार्ग (पूर्व पश्चिम राजमार्ग) को शिलान्यास भएको हो।
- वि.सं. २०३० बैसाख १ गतेको दिन सल्यान र जाजरकोट छुट्टाछुट्टै दुई जिल्लामा विभाजित भएका थिए।
- वि.सं. २०३४ बैसाख १ गते नेपाललाई विफरमुक्त देश घोषणा गरिएको थियो।
- वि.सं. २०३४ बैसाख १ गतेदेखि नेपालमा व्यक्तिगत घटना दर्ताको थालनी भएको थियो।
- गौरीशंकर हिमाललाई आधार मानेर वि.सं. २०४२ बैसाख १ देखि नेपालको प्रमाणिक समयको निर्धारण भएको थियो।
- प्रधामन्त्री मरिचमान सिंह श्रेष्ठले वि.सं. २०४५ बैसाख १ गतेदेखि १२ बजे तोप पडकाउने चलनको अन्त्य गराएका थिए।
- वि.सं. २०५१ बैसाख १ देखि काठमाण्डौ उपत्यकामा सवारी प्रदुषण जाँच सुरु भएको हो।
- नया वर्षको दिन (बैसाख १) मात्र फूल्ने फूल – सहलेस फूल
नोट: माथिको घटना बैसाख १ गते घटेका सबै घटना होइन, संक्षेपित जानकारी मात्र हो।