नेपालको पर्यटन सम्बन्धी तथ्याकं (सन् २०२३)
सन् २०२३ मा नेपालको कूल विकास उत्पादन (Gross Development Product (GDP)) मा पर्यटनको योगदान – ६.७%
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ३४.१% पर्यटक आगमनको साथ नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट बित्रिने गर्छ। (सन् २०२३ मा सबैभन्दा धेरै पर्यटक भित्रिएका देश (शिर्ष पाँच देशहरु) – भारत, अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया)
सन् २०२३ मा आगमन भएको कुल पर्यटकहरुको संख्या – १० लाख १४ हजार ८८२ जना (पुरुष: ५५.८४ र महिला ४४.१२%)
नेपाल भित्रिने पर्यटकहरुको औषत बसाइ – १३.२ दिन
नेपाल भित्रिने पर्यटकहरुको औषत खर्च (प्रति दिन) – ४१ अमेरिकी डलर
नेपालमा पर्यटकीय भ्रमणको चार मुख्य उद्देश्य – मनोरञ्जन, तीर्थयात्रा, पदयात्रा र पर्वतारोहण
नेपालमा पर्यटकीय भ्रमणको पाँच मुख्य गन्तव्य – राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष, पशुपति क्षेत्र (भारतीय बाहेक), लुम्बिनी (भारतीय पर्यटक बाहेक), मनास्लु पदयात्रा, मुस्ताङ पदयात्रा
प्रमुख पाँच एयरलाइन्स द्वारा पर्यटक आगमन – नेपाल एयरलाइन्स, कतार एयरवेज, हिमालय एयरलाइन्स, इन्डिगो एयर, फ्लाई दुबई
पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७-२०८०/८१) को पर्यटनप्रतिको केहि प्रमुख लक्ष्यहरु:
- पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७-२०८०/८१) को अवधिमा नेपालमा विदेशी पर्यटकको आगमन संख्या ३५ लाख पुराउने लक्ष्य राखिएको छ।
- पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७-२०८०/८१)मा विदेशी पर्यटकको लक्षित औसत बसाइ १५ दिन पुराउने लक्ष्य राखिएको छ।
- पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७-२०८०/८१) अवधिमा पर्यटन क्षेत्रमा ४९०,००० थप प्रत्यक्ष रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
- पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७-२०८०/८१) मा विदेशी पर्यटकको लक्षित दैनिक लागत $100 पुराउने लक्ष्य राखिएको छ।
- पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७-२०८०/८१) को अवधिमा कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको लक्षित योगदान १०% रहेको हुनेछ।