नेपालको आ.व. २०७९/०८० को शिक्षा सम्बन्धी तथ्यांक
➤नेपालको संविधान २०७२ को धारा ३१ ले सबै नागरिकका लागि निःशुल्क र अनिवार्य आधारभूत शिक्षाका साथै माध्यमिक तहसम्मको शिक्षाको प्रत्याभूति गरेको छ।
“ नेपालको संविधान २०७२ को धारा ३१ – शिक्षा सम्बन्धी हक:
- प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ।
- प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ।
- अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउनेहक हुनेछ।
- दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ।
- नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ।”
➤राष्ट्रिय जनगणना २०७८ अनुसार देशका ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसङ्ख्याको साक्षरता दर – ७६.३%
- पुरुष साक्षरता दर – ८३.६%
- महिला साक्षरता दर – ६९.४%
➤आर्थिक सर्वेक्षण २०७९/८० अनुसार शिक्षाले कुल गार्हस्थ उत्पादनमा ८.२२% योगदान पुर्याएको छ।
➤आर्थिक सर्वेक्षण २०७९/८० अनुसार हाल प्राथमिक तहको भर्ना कक्षा (१-५) ९७.१% प्रतिशत रहेको छ।
➤आर्थिक सर्वेक्षण २०७९/८० को आधारमा आधारभूत तहका कक्षाहरू (१-८) को लागि हालको भर्ना दर ९६.१% छ।
➤आर्थिक सर्वेक्षण २०७९/८० मा माध्यमिक कक्षा (९-१२) को भर्ना दर ५७.४% छ।
➤आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख भए अनुसार सार्वजनिक विद्यालयमा पुरुष/महिला अनुपात, पुरुष (५१.५%), महिला (४८.५%) रहेको छ ।
➤नेपालको पहिलो साक्षर जिल्ला – सिन्धुपाल्चोक (घोसणा मिति – वि.सं. २०७१, असार २)
➤नेपालको पहिलो पूर्ण साक्षर जिल्ला – ललितपुर (घोसणा मिति – वि.सं. २०७१, असार ९)
पछिल्ला केहि साक्षर घोषित जिल्लाहरु :
- ६४ औं – कपिलवस्तु (२०८० असार ३१)
- ६३ औं – डोटी (२०८० जेठ ३२ )
- ६२ औं – कंचनपुर (२०७९ भदौ २३)
- ६१ औं – बाँके (२०७९ असार ३२)
- ६० औं – बाजुरा (२०७९ असार ३०)
- ५९ औं – कैलाली ( (२०७९ असार २९ )
- ५८ औं – सोलुखुम्बु (२०७९ असार २६)
- ५७ औं – बझांग (२०७९ असार ७)
➤नेपालका जिल्लाहरूमध्ये सबैभन्दा हालै साक्षर जिल्ला घोसित भएको जिल्ला – कपिलवस्तु (घोषणा मिति: २०८० असार ३१)
➤नेपालको पहिलो साक्षर प्रदेश – बागमती प्रदेश (घोसणा मिति – वि.सं. २०७८ असोज ११)
➤नेपालको पहिलो साक्षर अञ्चल – राप्ती अञ्चल (घोसणा मिति – वि.सं. २०७३ जेस्ठ ६)
➤नेपालको प्रथम साक्षर नगरपालिका – तानसेन नगरपालिका, पाल्पा (घोसणा मिति – वि.सं. २०७० मङ्सिर २६)
➤नेपालको पहिलो साक्षर गाउँ विकास समिति – हेम्जा गा.वि.स, पोखरा (घोसणा मिति – वि.सं. २०७० भदौ १४)
➤नेपालका साक्षर घोसित प्रदेशको कुल संख्या – ३
➤राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा कम साक्षर भएको जिल्ला – रौतहट
➤राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा बढी साक्षर भएको जिल्ला – काठमाडौँ
➤राष्ट्रिय जनगणना २०७८ द्वारा प्रदान गरिएको साक्षरता स्थितिमा, ५ वर्ष वा माथिका जनसंख्यामा सबैभन्दा बढी साक्षरता दर पुरुषमा रहेको छ।
➤राष्ट्रिय जनगणना २०७८ अनुसार १०+२ वा सो बराबर र उच्च शिक्षा उमेर समूह भएको जनसङ्ख्यामा व्यवस्थापन अध्ययन विषय क्षेत्रको प्रतिनिधित्व सबैभन्दा बढी छ।
पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१) को शिक्षाप्रतिको केहि प्रमुख लक्ष्यहरु:
- पन्ध्रौं योजनाको (२०७६/७७-२०८०/८१) अन्त्यसम्ममा शिक्षा क्षेत्रमा ५ वर्ष वा सोभन्दा माथिका कुल जनसङ्ख्याको साक्षरता दरमा ९५% वृद्धि भएको हुनेछ ।
- पन्ध्रौं योजनाको (२०७६/७७-२०८०/८१) अन्त्यमा प्रारम्भिक बाल्यकालको विकासमा परिकल्पना गरिएको शुद्ध भर्ना दर १००% हुनेछ ।
- पन्ध्रौं योजनाको (२०७६/७७-२०८०/८१) अन्त्यसम्ममा प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त काम गर्ने उमेर समूहमा ५०% वृद्धि हुनेछ ।
- पन्ध्रौं योजनाको (२०७६/७७-२०८०/८१) अन्त्यसम्ममा मातृभाषामा पढाउने विद्यालयको सङ्ख्यामा २०%को वृद्धि भएको हुनेछ ।