सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिला
जेठ १०, २०८१ बिहीबार
(सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिला बनिन् फुञ्जो)
- यसअघिका सबै रेडर्क तोड्दै गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणको नयाँ रेकर्ड कायम गरेकी छिन्।
- ८,८४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा १५ मिनेटमा पार गर्दै उनले सबैभन्दा छिटो आरोहण गर्ने महिला बन्न सफल बनेकी हुन्।
- यसअघि सन् २०२१ मा हङकङकी स्याङ यिन हङ(आडा)ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा गिनिजबुकमा नाम लेखाएकी थिइन्।
- यसअघि दोलखाका पेम्बा दोर्जे शेर्पाले आठ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषका रुपमा गिनिज बुकमा रेकर्ड कायम गरेका छन्।