महालेखापरीक्षकको ६१ औं प्रतिवेदन
✪ बेरुजु सम्वन्धी जानकारी:
➥जम्मा सम्पन्न गरिएको ५ हजार ६०५ सरकारी कार्यालय, संगठित संस्था तथा अन्य संस्थाको रु ७८ खर्ब ८१ अर्ब ६० करोड लेखापरीक्षण बाट निम्नानुसार बेरुजु देखिएको छ।
लेखापरीक्षण गरिएका निकाय | सम्पन्न लेखापरीक्षण रकम (रु. करोडमा) | बेरुजु (रु. करोडमा) | बेरुजु (प्रतिशतमा) |
---|---|---|---|
संघीय मन्त्रालय तथा निकाय (क्यौता १२ समेत) | रु २४ खर्व ६१ अर्ब ११ करोड | रु ४६५४ | १.८९ प्रतिशत |
प्रदेश मन्त्रालय तथा निकाय (बक्यौता २ समेत) | रु. ३ खर्ब २३ अर्ब ३४ करोड | रु ६५७ | २.०३ प्रतिशत |
स्थानीय तह (बक्यौता २ समेत) | रु ११ खर्ब ३९ अर्ब १९ करोड | रु ३१०१ | २.७२ प्रतिशत |
संघीय संस्था, समिति र अन्य संस्था | रु ३९ खर्ब २० अर्ब ४७ करोड | रु १०६४ | ०.२७ प्रतिशत |
प्रदेश संस्था, समिति र अन्य संस्था | रु २ खर्ब ७३ अर्ब ९ करोड | रु ८४ | १.२१ प्रतिशत |
कुल रकम: रु ७८ खर्ब ८१ अर्ब ६० करोड
नोट: संगठित संस्थाहरुको लेखापरीक्षणबाट देखिएको बेरुजुको लगत राख्ने एवम् सम्परीक्षण गर्ने कार्य समवन्धित निकायबाटै हुने भएकोले उल्लिखित अङ्कमा समावेश नगरिएको।
➥संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधिक बेरुजु: रु ६ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ।
➥अद्यावधिक बेरुजु: गत वर्ष भन्दा १४.०५ प्रतिशतले बृद्धि भएको छ।
➥कारबाही गरी टुङ्गो लागउनुपर्ने रकम: रु ५ खर्व १३ अर्ब ४० करोड ४३ लाख
✪ बेरुजुको बर्गीकरण अनुसार:
- असुल गर्नुपर्ने: २४.४७ प्रतिशत
- नियमित गर्नुपर्ने: ६८.०३ प्रतिशत
- अनियमित भएको: १८.५१ प्रतिशत
- प्रमाण कागज पेस नभएको: ४९.३८ प्रतिशत
- जिम्मेवारी नसारेको:० प्रतिशत
- शोधभर्ना नलिएको: ०.१४
- पेश्की बेरुजु: ७.५ प्रतिशत