लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. वि.सं. २०८१ असार १ गते बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ?
- रु. ६४ अर्ब ५४ करोड
सातै प्रदेशको बजेट : २०८१/८२
➤कोशी
कुल बजेट : ३५ अर्ब २८ करोड
चालु : १४ अर्ब ४७ करोड
पुँजीगत : १६ अर्ब २० करोड
(आव २०८०/८१ : रु. ३६ अर्ब ७४ करोड)
➤मधेश
कुल बजेट : ४३ अर्ब ८९ करोड
चालु : १६ अर्ब ७ करोड
पुँजीगत : २७ अर्ब ८९ करोड
(आव २०८०/८१ : रु. ४४ अर्ब ११ करोड)
➤बागमती
कुल बजेट : ६४ अर्ब ५४ करोड
चालु : २६ अर्ब १० करोड
पूँजीगत : ३६ अर्ब ९४ करोड
(आव २०८०/८१ : रु. ६२ अर्ब ७१ करोड)
➤गण्डकी
कुल बजेट : ३२ अर्ब ९८ करोड
चालु : १३ अर्ब १६ करोड
पूँजीगत : १९ अर्ब ५२ करोड
(आव २०८०/८१ : रु. ३३ अर्ब ८२ करोड)
➤लुम्बिनी
कुल बजेट : ३८ अर्ब ९७ करोड
चालु : ११ अर्ब २४ करोड
पुँजीगत : २४ अर्ब ५९ करोड
(आव २०८०/८१ : रु. ४० अर्ब ४७ करोड)
➤कर्णाली
कुल बजेट : ३१ अर्ब ४१ करोड
चालु : सात अर्ब ५८ करोड
पुँजीगत : १८ अर्ब ७५ करोड
(आव २०८०/८१ : रु. ३३ अर्ब ३७ करोड)
➤सुदूरपश्चिम
कुल बजेट : ३१ अर्ब ६३ करोड
चालु : ११ अर्ब सात करोड
पुँजीगत : १७ अर्ब ५३ करोड
(आव २०८०/८१ : रु. २९ अर्ब २७ करोड)
- सातै प्रदेशको कुल बजेट : रु. दुई खर्ब ७८ अर्ब ७० करोड
- आ.व. २०८०/८१ मा कुल बजेट : रु. दुई खर्ब ८० अर्ब ४० करोड
२. भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा कहिले चयन भएका हुन् ?
- सन् २०२४ जुन ७
- दुई कार्यकाल पूरा गरिसकेका विजेपी नेता नरेन्द्र मोदीले जुन ९ का दिन तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएका छन् । उनी स्वतन्त्र भारतका २० औँ प्रधानमन्त्री भएका छन् । जवाहरलाल नेहरूपछि लगातार तेस्रो पटक प्रधानमन्त्री बन्ने मोदी दोस्रो नेता हुन् ।
- हालैको लोक सभा निर्वाचनमा एकल बहुमत प्राप्त नभए पछि मोदीलाई एनडिए गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्ने अवसर मिलेको हो ।
- ५४३ सदस्यीय लोक सभामा एनडिएलाई २९२ सिट प्राप्त भएको छ ।
३. इजिप्टमा तेस्रो कार्यकालका लागि चुनिएका राष्ट्रपति को हुन् ?
- अब्देल फताह एल–सिसी
४. मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्न सफल नेतृ को हुन् ?
- क्लाउडिया सेइन वाम (सन् २०२४ जुन)
- उनले वामपन्थी झुकाव भएको दल ‘मोरेना पार्टी’ को उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेकी थिइन् ।
- सन् २०१८ मा उनी मेक्सिको सिटीको पहिलो महिला मेयर बनेर देशव्यापी चर्चामा आइन् र सोही पद उनको राष्ट्रपति उम्मेदवारीको बलियो आधार बन्यो ।
५. ४३ औँ आसियान शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
- सन् २०२३ सेप्टेम्वर ४–७, जकार्ता (इन्डोनेसिया)
- आसियान शिखर सम्मेलन हरेक २÷२ वर्षमा आयोजना गरिने छ ।
- आसियानको स्थापना सन् १९६७ फेब्रुअरी २४ मा भएको छ ।
६. किर्गिजस्तानले राष्ट्रिय प्रतीक चिह्नको रूपमा के घोषणा गरको छ ?
- हिउँ चितुवा
७. कङ्गोको पहिलो महिला प्रधानमन्त्रीका रूपमा चयन हुन सफल राजनीतिकर्मी को हुन् ?
- जुडिथ सुमिन्वा टुलुका (सन् २०२४ अप्रिल १)
८. एल–निनोको कारण सिर्जित खडेरीले गर्दा स्टेट अफ डिजास्टर घोषणा गर्ने देश कुन हो ?
- जिम्बाब्बे (खडेरीका कारण ८० प्रतिशत भूभाग प्रभावित)
९. चौथो साङ्घाई कर्पोरेसन अर्गनाइजेसन स्टार्टअप फोरम कहिले र कहाँ सम्पन्न भएको हो ?
- सन् २०२४ मार्च १९, नयाँ दिल्ली
१०. इन्टरनेसनल सोलार एलायन्सको गठन कहिले भएको हो ?
- सन् २०१५ नोभेम्बर ३०
- कर्कट रेखा र वृश्चिक रेखाको बिचमा पर्ने सौर्य ऊर्जामा समृद्ध देशहरूको गठबन्धन नै इन्टरनेसनल सोलार एलायन्स हो ।
- यो एलायन्स गठनको प्रस्तावक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् ।
- नेपाल सन् २०२२ मा यस एलायन्सको सदस्य (१०६ औँ) बनेको छ ।
११. लामो रुटको गाडी चलाउने पहिलो नेपाली महिला को हुन् ?
- रेबिका साहने
- (विवेक स्वच्छ केन्द्र बाल आश्रममा आबद्ध)
१२. फ्युचर फर नेचर अवार्ड २०२४ बाट सम्मानित हुने नेपाली को हुन् ?
- रिन्जिन फुन्जोक लामा
- लामा हुम्लामा हिउँ चितुवाको संरक्षणमा समुदायसँग कार्य गर्ने संरक्षणकर्मी हुन् ।
- फ्युचर फर नेचर फाउन्डेसन, नेदरल्यान्ड्सले प्रदान गर्ने सो पुरस्कारको राशि ५० हजार युरो रहेको छ ।
१३. बिम्स्टेक फ्याकल्टिज एक्स्चेन्ज प्रोगामको आयोजना कहाँ गरियो ?
- बङ्गलादेश (सन् २०२४ मार्च ३–६)
- पारस्परिक सहकार्य प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
१४. विश्वको पहिलो वैदिक घडी कुन हो ?
- विक्रामादित्य वैदिक घडी
- भारतको मध्यप्रदेशस्थित उज्जैनमा रहेको छ ।
- समय गणना मान ३० घण्टा, एक दिन एवं एक घण्टा, ४८ मिनेट रहेको छ ।
- यस घडीको उद्घाटन सन् २०२४ फेब्रुवरी २९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको हो ।
१५. आठौँ एसिया इकोनोमिक डायलग (एइडी) को आयोजना कहिले र कहाँ गरियो ?
- सन् २०२४ फेब्रुवरी २९–मार्च २, पुने (भारत)
- (नारा : जिओ–इकोनोमिक च्यालेन्जेज इन एन इरा अफ फ्लक्स)
१६. ‘पैसाको उडान’ नामक कृतिका लेखक को हुन् ?
- डा. रवीन्द्र समीर
१७. तनहुँस्थित बन्दीपुर केबलकार कहिलेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ?
- वि.सं २०८१ जेठ ३१
- यो केवलकार गत वैशाख १ गतेदखि आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो ।
- तीन चरणको परीक्षणकाल सम्पन्न भएसँगै केवलकारले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाण पत्र प्राप्त गरेको छ ।
- केवलकारको प्रति घण्टा पाँच सय जना यात्रु बोक्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
१८. देशकै लामो झोलुङ्गे पुल कुन हो ?
- कठाल–मल्हनिया झोलुङ्गे पुल (मल्टिस्पान)
- पुलको लम्बाइ १५००.४४ मिटर रहेको छ ।
- पुलको उद्घाटन विसं २०८० फागुन १२ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिएको हो ।
- यस पुलले सिरहा नपा–१३, मल्हनिया (सिरहा) र जनकनन्दिनी गापा–६, कठाल (धनुषा) जोड्ने छ ।
१९. ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन’ अवार्डबाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?
- नबिल बैङ्क लि. (सन् २०२४)
- बैङ्कलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड प्रदान गरिएको हो ।
२०. सन् २०२४ जूनमा फ्रान्समा सम्पन्न कान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘ग्रान्ड प्रिक्स’ अवार्ड जित्ने फिल्म कुन हो ?
- भारतीय फिल्म अल बी इम्याजिन एज लाइट (पायल कपाडिया निर्देशित)
- कपाडियाको यही फिल्मले ७७ औँ कान्स फिल्म फेस्टिभलमा भारतका लागि ऐतिहासिक सफलता दिलाएको छ । फिल्मले कान्सको दोस्रो प्रतिष्ठित अवार्ड ग्रान्ड प्रिक्स जितेको छ ।
२१. पपुवा न्युगिनीमा दुई हजारभन्दा बढी मानिसको ज्यान जाने गरी भीषण पहिरो कहिले गएको हो ?
- सन् २०२४ मे २५
- मुङ्गालो पर्वतको एउटा ठुलो भाग भत्कँदा सयौँ घरहरू पुरिएपछि ठुलो सङ्ख्यामा मानिसको ज्यान गएको छ ।
२२. पहिलो नेपाली एनिमेटेड फिचर फिल्म कुन हो ?
- सलिना (तेजसराज जोशी निर्देशित)
- रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित गरिएको हो ।
२३. योंग एचिभर अवार्ड, २०२४ प्राप्त गर्ने व्यक्तित्व को हुन् ?
- केपी खनाल (सरसफाइ अभियन्ता)
- इन्टरनेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत अभिनेतृ (टेलिफिल्म) रियासा दाहाल पनि पुरस्कृत भएकी छन् ।
प्रस्तुतकर्ता : टङ्क केसी