ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को उपाधी भारतलाई
- Posted by Engineering Nepal
- Categories Current Affairs
- Date July 2, 2024
ICC T-20 World Cup,2024 को फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले दोस्रो पटक आईसीसी पुरुष टी-२० को उपाधि जितेको छ। यो भारतको १३ वर्ष पछिको उपाधि हो।
विषयवस्तु | विवरण |
---|---|
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को विजेता राष्ट्र | भारत (2.45 million अमेरिकी डलर पुरस्कार राशी) |
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को उपविजेता राष्ट्र | दक्षिण अफ्रिका (७ रनले पराजित) (1.28 million अमेरिकी डलर पुरस्कार राशी) |
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को आयोजक राष्ट्र | वेस्ट इन्डिज र अमेरिका |
प्रतियोगिताको पहिलो खेलको मिति | २ जुन २०२४ (जम्मा खेलः ५५ वटा) |
प्रतियोगिताको फाइनल खेलको मिति | २९ जुन २०२४ (Kensington Oval Stadium, Bridgetown) |
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ कति औं संस्करण हो | ९ औं |
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो संस्करण कहाँ र कहिले भयो | २००७ मा दक्षिण अफ्रिकामा |
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो संस्करणको विजेता | भारत (पाकिस्तान : उपविजेता) |
आगामी १० औं ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता कहाँ र कहिले हुनेछ | २०२६ मा श्रीलंका र भारतमा |
आगामी ११ औं ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता कहाँ र कहिले हुनेछ | २०२८ मा न्युजिल्याण्ड र अस्ट्रेलियामा |
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को विजेता कप्तान | रोहित शर्मा, भारत |
प्रतियोगिता सञ्चालन गर्ने निकाय | अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (ICC) |
प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी | रहमानउल्लाह गुरबाज, अफगानिस्तान (२८१ रन) |
प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी | अर्शदीप सिंह (भारत) र फझलहक फारूखी (अफगानिस्तान) (१७ विकेट) |
प्रतियोगितामा सर्वाधिक अर्धशतक बनाउने खेलाडी | रहमानउल्लाह गुरबाज (अफगानिस्तान) र रोहित शर्मा (भारत) ३, ३ अर्धशतक |
प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी | निकोलस पुरण (वेस्ट इन्डिज), १७ वटा |
प्रतियोगितामा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी | ट्रेविस हेड (अस्ट्रेलिया), २६ वटा |
सेमिफाइनल पुग्ने राष्ट्रहरु | भारत र इंग्ल्याण्ड, साथै अफगानिस्तान र दक्षिण अफ्रीका (भारतले इंगल्याण्ड साथै दक्षिण अफ्रीकाले अफगानिस्तान हराएर फाइनल पुगेका) |
फाइनलमा विजेता राष्ट्र भारतले दक्षिण अफ्रीकालाई दिएको लक्ष्य | १७७ रन |
प्रतियोगिताको फाइनल खेलमा म्यान अफ द म्याच | विराट कोहली (भारत) |
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को प्लेयर अफ द सिरिज | जसप्रित बुमराह (भारत) |
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिता, २०२४ को समुह चरणको पहिलो खेल | अमेरिका र क्यानडा |
प्रतियोगिताको नेपाल पहिलो समुह चरणको सहभागिता | समुह D (नेपालले समुह का ५ मुलुककै न्युन १ point बनाएको) |
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिताको Series मै सबैभन्दा धेरै रन बनाउने खेलाडी | विराट कोहली, भारत (१२९२ रन) |
ICC T-20 विश्वकप क्रिकेट प्रतियोगिताको Series मा सबैभन्दा धेरै पटक विजय मुलुक | वेस्ट इन्डिज, भारत र इंग्ल्याण्ड (२ पटक) |
You may also like
मुगु जिल्ला नेपालको ६५ औं साक्षर जिल्ला
24 September, 2024
राष्ट्रिय बाल दिवस
17 September, 2024
अन्तर्राष्ट्रिय ओजन तह संरक्षण दिवस २०२४
17 September, 2024