कोशी नदीमा दुर्लभ Amblyceps Arunachalens प्रजातिको माछा फेला पर्यो
- कोशी नदीमा दुर्लभ प्रजातिको माछा फेला परेको छ।
- वैज्ञानिक नाम Amblyceps arunachalens रहेको यो माछा प्रजाति cat fish समूहमा पर्छ।
- यो प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले संकटग्रस्त सूचीमा राखेको छ।
- यस माछा प्रजाति भारतमा मात्र पाइने विश्वास गरिएको थियो, तर नेपालमा पनि भेटिएको पुष्टि भएको छ।
- अनुसन्धानकर्ताहरू जशाङ लिम्बू, दिपक राजबंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, र सुनिता थापाले उक्त माछा कोशी नदीमा फेला पारेको दाबी गरेका छन्।
- अनुसन्धानकर्ता लिम्बूका अनुसार २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीहरूबाट माछा सर्वेक्षणको लागि नमूना संकलन गर्दा कोशी बाँध क्षेत्रमा यो माछा फेला परेको थियो।
- अनुसन्धानकर्ताहरूका अनुसार यो माछा प्रजाति विश्वमा दुर्लभ मानिन्छ।
- अधिकारीले बताएअनुसार तामोर र कोशी नदीका पूर्वका सबै नदीहरूमा ४५ भन्दा बढी स्थानबाट ७०० नमूना संकलन गर्ने क्रममा यो नयाँ प्रजातिको माछा फेला परेको हो।