English/Nepali Translation for Officer Cadets: Tips and Past Questions
Translating foreign texts accurately and effectively can be a challenging task, but with practice and the following tips, you can improve your translation skills and strive for a perfect translation:
1. Avoid translating text word-for-word, as this often results in awkward or inaccurate translations. Focus on conveying the meaning and intent of the source text. (शब्द-शब्दलाई एक एक गर्दै अनुवाद गर्दा अलिक मिल्दैन | यसो गर्दा अनुवादित वाक्य असान्दर्भिक हुन जान्छ ।)
- उदाहरणको लागि :
I eat rice everyday
शब्द-शब्द अनुवाद गर्दा:
I – म
eat – खान्छु
rice – भात
everyday – हरेक दिन
Incorrect: म खान्छु भात हरेक दिन
माथिको वाक्य असान्दर्भिक हुन् गयो त्यसैले जहिले पनि दिईएको शब्दको भाव बुझेर वाक्यले के अर्थाउन खोजेको छ त्यो कुरा सरल रुपमा आर्को भाषामा ढाल्न खोज्नु होला ।Correct: म हरेक दिन भात खान्छु ।
2. Pay attention to idiomatic expressions, phrasal verbs, and cultural references, which may not have direct equivalents in the target language. उदाहरणको लागि:
निपात प्रयोग भएका शब्दको सिधा अंग्रेजी अनुवाद मिल्दैन अथवा कम हुन्छ ।
- वाक्य : हामी त हिजो मेलामा गयौं नि ।
अनुवाद: We went to the fair yesterday.त र नि झल्किने अंग्रेजी अनुवाद हुदैन
Let us go to watch the cinema today.माथि दिएको वाक्यको सन्दर्भमा (given context) ‘let us’ को अनुवाद निकाल्न अप्ठ्यरो हुन्छ |
Translation: आज हामी सिनेमा हेर्न जाउँ ।
OR: आउ आज हामी सिनेमा हेर्न जाउँ ।
Sentence: Let us play.
Translation: हामीलाई खेल्न देऊ ।
Or आउ हामी खेलौँथप उदाहरणको लागि उखान टुक्का/Idioms अनुवाद गर्दा:
Sentence: Tit for Tat.
Translation: जस्तालाई त्यस्तै ।
3. भरपर्दा सामाग्रीहरु एवं शब्दकोषहरु हेर्ने बानि बसल्नुहोस | अहिले बजारमा विभिन्न Mobile Apps ले nepali-english शब्दकोषको सेवा प्रदान गर्दछन् कुनै एक राम्रो review भएको Apps आफ्नो Mobile मा हालेर फुर्सदको बेलामा हेर्ने बानि बसाल्नुहोस | )
Google Translate हरु जस्ता online tools मा भर नपर्नुहोस् किनभने यसले अघि उल्लेख गरिए अनुसार शब्द-शब्द अनुवाद गर्न खोज्छ जसले गर्दा असान्दर्भिक वाक्यको निरमाण हुन्छ । तपाईले अभ्यास एवं अध्ययन गरिराख्नु भएको सामग्री गुणस्तरीय र भरपर्दो हुनपर्छ ।
4. एक पल्ट अनुवाद गरिसकेपछि आफ्नो लेखको शैलीको समीक्षा गर्नुहोस् र अरुसंग पनि प्रतिक्रिया माग्नुहोस् । आफुले अनुवाद गरेको कुरा पढेर सुनाउनुहोस् र कस्तो सुनिरहेको छ विचार गर्नुहोस् । त्रुटी रहित अनुवाद सधै गर्न सकिदैन ।
लोकसेवाले विगतमा सोधेका केहि प्रश्नहरू: