नेपाल एकीकरण सम्बन्धि जानकारी
नुवाकोट आक्रमण
पहिलो आक्रमण (वि.सं. १७९४)
- नरभूपाल शाहद्वारा नुवाकोटमाथि पहिलो आक्रमण
- असफल प्रयास, गोर्खाली सेना पराजित
दोस्रो आक्रमण (वि.सं. १८००)
- पृथ्वीनारायण शाहद्वारा पुनः आक्रमण
- पृथ्वीनारायणको पहिलो आक्रमण र हार
- जयन्त राना नुवाकोटका प्रमुख
- पहिलो आक्रमण (१७९४) को हारको दोषपछि जयन्त राना पछि गोर्खाली सेना छोडी जयप्रकाशमल्लको कान्तिपुर सेनामा सामेल भई नुवाकोटको उमराव (प्रमुख) भएका थिए ।
तेस्रो आक्रमण (वि.सं. १८०१, असोज १५)
- वनारसबाट हातहतियार र तालिमपछि पुनः आक्रमण
- शङ्खमणि राना (जयन्त रानाका छोरा) गोर्खाली सेना विरुद्ध लडे
- शङ्खमणि रानाको मृत्यु (दलमर्दन शाहको बाणबाट), गोर्खालीको विजय
- जयन्त रानाको बेलकोटतर्फ पलायन (हाल बेलकोटगढी नगरपालिका–१०, नुवाकोट) )
- बेलकोट पनि गोर्खालीद्वारा कब्जा (जयन्त राना छाला काडि मारिएका)
विस्तार
- तुलाराम पाँडेले काठमाडौँबाट उत्तर पश्चिममा पर्ने दहचोकमा अधिकार जमायो
- कालु पाँडेको नेतृत्वमा नालदुम र महादेवपोखरी कब्जा (वि.सं. १८११, साउन)
कीर्तिपुर माथिको पहिलो आक्रमण (वि.सं. १८१४, भाद्र ९):
- कीर्तिपुर कान्तिपुरअन्तर्गतको राज्य थियो।
- चारै तिरबाट अग्ला पर्खालले घेरिएको
- काजी कालुपाण्डे र हरिवंश उपाध्यायले आक्रमणको विरोध गरे तर उनीहरूलाई कायरको संघया दिई गोर्खाली फौज अघि बढ्यो।
- पृथ्वीनारायण शाहको नेतृत्वमा आक्रमण सुरु।
- गोर्खालीहरूले कीर्तिपुर आक्रमण गर्ने सुइँको पाएपछि जयप्रकाश मल्लले कान्तिपुरका नवयुवकको एउटा सैन्य दल खडा गरी सेनाको सङ्ख्या ३००० पुर्याएर तयारी गरे
- कीर्तिपुरवासीले प्रवेश गर्ने मुख्यद्वार बन्द गरिदिए।
- गोर्खाली सेना आक्रमण गर्न आएको थाहा पाउनेबित्तिकै कान्तिपुर, भक्तपुर र ललितपुरका सेना एकजुट भए
- उपत्यकाका करिब ४००० संयुक्त सेना गोर्खालीमाथि जाइलागे।
- कालुपाण्डे सहित ४०० गोर्खाली सैनिक मारिए।
- गोर्खाली सेना पराजित, कालुपाण्डेको मृत्युले पृथ्वीनारायणलाई ठूलो चोट।
…………. for Full Notes Subscribe to GhokSewa Course.