राष्ट्रिय बाल दिवस
राष्ट्रिय बाल दिवस
- हरेक वर्ष भदौ २९ मा मनाइन्छ |
- वि.सं. २०८१ को ६० औँ राष्ट्रिय बाल दिवस हो |
- नारा: जालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी
- नेपालमा पहिलोपटक बाल दिवस वि.सं. २०२१ सालको भदौ ४ गते मनाएको थियो |
- तत्कालीन रानी रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ मा नेपाल बाल सङ्गठनको स्थापना गरी हरेक वर्ष भदौ ४ गते बाल दिवस मनाउने चलन चलाएकी थिइन्।
- २०६३ सालदेखि भने नेपालले संयुक्त राष्ट्रसङ्घ बाल अधिकार सम्बन्धी महासन्धि-१९८९ अनुमदोन गरेको दिन २०४७ भदौ २९ को सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते बाल दिवस मनाउन थालिएको हो |
- नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरिएको छ |