सी जिनपिङ पुन राष्ट्रपति | कतारमा नयाँ प्रधानमन्त्री चयन
सी जिनपिङ पुन राष्ट्रपति
- कहिले चयन: सन् २०२३ मार्च १०
- कसले चयन गरेको: १४औँ राष्ट्रिय जनकांग्रेसको अधिवेशनले
- राष्ट्रपति संगै सी जिनपिङ चीनको केन्द्रिय सैन्य आयोगको अध्यक्षमा पनि निर्वाचित भएका छन् ।
- मार्च १०मा चयन भएसंगै सी चीनको तेस्रोपटक राष्ट्रपति भएका छन् ।
- सी जिनपिङ पहिलोपटक सन् २०१३मा राष्ट्रपति भएका थिए भने दोश्रोपटक सन् २०१८मा पुनः राष्ट्रपतिकालागि चयन भएका थिए |
- उनी राष्ट्रपतिमा तेस्रो कार्यकाल पाउने पहिलो चिनियाँ नेता हुन ।
- चीनमा राष्ट्रपतिको कार्यकाल ५ बर्ष रहने व्यवस्था छ।
कतारमा नयाँ प्रधानमन्त्री चयन
- कहिले चयन: सन् २०२३ मार्च ७
- कसले चयन गरेका: कतारी राजा अमिर शेख तमिम बिन हमाद अल – थानी
- कसलाई चयन गरिएको: शेख मोहम्मद बिन अब्दुलरहमान अल – थानी क्र रै
- उनी कतारका कतिऔं प्रधानमन्त्री: सातौँ
- यसअघिका प्रधानमन्त्री: शेख खालिद बिन खालिफा बिन अब्दुलाजीज अल – थानी |
- अघिल्लो प्रधानमन्त्रीले मार्च ७ मै राजीनामा दिएका थिए ।
- कतारका पहिलो प्रधानमन्त्री: खालिफा बिन हमाद अल – थानी