राष्ट्रपतिमा राम चन्द्र पौडेल निर्वाचित
- निर्वाचित: वि.सं. २०७९ फाल्गुन २५
- कतिऔं निर्वाचनः तेस्रो
- उम्मेदवारहरु: रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ
- राष्ट्रपतिमा निर्वाचित: रामचन्द्र पौडेल
- पौडेल कतिऔँ राष्ट्रपति: कार्यकालको आधारमा चौथो र व्यक्तिको आधारमा तेस्रो |
- निर्वाचनको नतिजा: कुल मतभार ५२,६२८ (३३२ x ७९ + ५५० x ४८) रहेकोमा ४९,३२० ( ३१२ x ७९ + ५१४ x ४८) मतभार बराबरको सदर मत खसेको, जम्मा रामचन्द्र पौडेलले ३३,८०२ र सुवासचन्द्र नेम्वांगले १५,५१८ मत पाएका
- रामचन्द्र पौडेलले कुल मतभारको बहुमत प्राप्त गर्नुभएकाले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ को धारा ५५, उपधारा (२) बमोजिम राष्ट्रपति पदमा निर्वाचित गरिएको
- नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथग्रहण कार्यक्रम बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिएपछि गरिने उनको कार्यकाल फाल्गुन २८मा सकिनेवाला छ।
- राष्ट्रपतिले प्रधानन्यायधीश समक्ष सपथग्रहण गर्नुपर्ने प्रावधान रहेको छ (धारा ७१)।
- रामचन्द्र पौडेल तनहुँ (१) बाट प्रतिनिधिसभामा प्रतक्ष्र तर्फा निर्वाचित सांसद हुन् । नेपाली राजनीतिका अनुभवी नेता पौडेल २०१६ देखि विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा सक्रिय छन् ।
- पहिलो राष्ट्रपतिको निर्वाचन: वि.सं. २०६५ श्रावण ४ (बहुमत प्राप्त नभएकोले श्रावण ६ मा दोश्रो चरणको निर्वाचन गरिएको)
हालसम्मका राष्ट्रपतिहरु:
क्र.सं. | राष्ट्रपति | निर्वाचित | कार्यकाल (वि.सं.) |
१. | डा. रामवरण यादव | २०६५ श्रावण ६ | २०६५ श्रावण ८ – २०७२ कार्तिक ११ |
२. | विद्यादेवी भण्डारी | २०७२ कार्तिक ११ | २०७२ कार्तिक ११ – २०७४ फाल्गुन २९ |
३. | विद्यादेवी भण्डारी | २०७४ फाल्गुन २९ | २०७४ फाल्गुन ३० – २०७९ फाल्गुन २८ |
४. | रामचन्द्र पौडेल | २०७९ फाल्गुन २५ | ………… |