नेपाली क्रिकेट टिम विश्व कप छनोटमा
- कहिले: सन् २०२३ मार्च १६
- कसलाई हराउदै: यु.ए.ई.
- टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी भएको ।
- कुन प्रतियोगिता अन्तर्गत पराजित गरेको: लिग २ विश्वकप
- ७ एसोसिएट राष्ट्रहरु बिच सन् २०१९ अगस्ट १४ देखि सन् २०२३ मार्च १६ सम्म लिग २ विश्वकप अन्तर्गत १२६ खेल खेलाइएको र शिर्ष ३ टिमलाई विश्वकप छनौट प्रतियोगितामा छनोट गरिएको ।
- नेपालको लिग रमा स्थान: तेस्रो (४० अंक)
- लिग २ मार्फत विश्वकप छनौटमा छनोट भएका टोलीहरु: स्कटल्याण्ड, ओमान र नेपाल
- विश्वकप छनौट प्रतियोगिता कहाँ हुने: जिम्बाब्वे
- विश्वकप छनौट प्रतियोगिता कहिले हुने: सन् २०२३ जुन १८ – जुलाई ९
- कुल १० टिम बिच हुने छनोट प्रतियोगिताको शिर्ष २ टिम आगामी एकदिवसीय विश्वकपमा छनोट हुने । १ छु
- आगामी एकदिवसीय विश्वकप भारतमा अक्टोबरमा हुनेछ ।
- यसअघिको एकदिवसीय विश्वकप सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा भएको थियो, जुन संस्करण इंग्ल्यान्डले जितेको थियो ।