United Nations: परिचय
राष्ट संघ (League of Nations) :
- स्थापना मिति :- १० जनवरी, १९२०
- विघटन मितिः- २० अप्रिल, १९४६
- प्रधान कार्यालय :- जेनेभा , स्वीट्जरल्याण्ड
- संलग्नताका क्षेत्रहरु :- निशस्त्रीकरण,. सामूहिक सुरक्षा, अन्तर्राष्ट्रिय मध्यस्थता
- प्रथम महासचिव:- सन् १९२०-१९३३, एरिक ड्रुमोन्ड
- प्रथम विश्व युद्धका विजयी राष्ट्र फ्रान्स, बेलायत, इटाली र जापान कार्यकारी परिषद्का स्थायी सदस्यहरु थिए।
संयुक्त राष्ट संघ (UNO):
- स्थापना मिति :- २४ अक्टोबर, १९४५
- वडापत्रमा हस्ताक्षर :-२६ जुन १९४५
- वडापत्र धारा सङ्ख्या :- १११ वटा
- प्रधान कार्यालय :- न्युयोर्क , अमेरिका (१४ अक्टोबर, १९५२ मावार्षिक सत्रको सुरूमा न्यूयोर्क शहरमा संयुक्त राष्ट्र संघको स्थायी प्रधान कार्यालय सारिएको थियो । )
- प्रथम महासचिवः- सन् १९४६-१९५३, ट्रिग्वे हलवदान ली
- प्रथम बैठक :- १० जनवरी , १९४६
- जम्मा सदस्यता :- १९३ देश
- स्थायी सदस्य राष्ट्रहरु :- बेलायत , संयुक्त राज्य अमेरिका , फ्रान्स ,रसिया,चीन
- पहिलो नेपाली प्रतिनिधीमण्डलको नेता :- चुडाप्रसाद शर्मा
- नेपालले १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त गन्यो ।
- नेपाल सन् १९६९-७० र १९८८-८९ गरी दुई पटक सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएको थियो ।
- हालसम्म जम्मा १३ जना व्यक्तिहरुले संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि भई कार्य गरिसकेका छन्।
- गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वभर चिनाउने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९८३ मा ‘विश्व शान्ति वर्ष’ समेत मनाएको थियो।
संयुक्त राष्ट्रमा ६ प्रमुख अङ्ग:
- महासभा
- सुरक्षा परिषद
- आर्थिक तथा सामाजिक परिषद्
- जिम्माजमानी परिषद (वर्तमानमा यो संस्था निस्क्रिय छ ।)
- अन्तराष्ट्रिय न्यायालय
- सचिवालय