सबैभन्दा कान्छा भिक्टोरिया क्रस विजेता लिम्बूको अवसान
- रामबहादुर बेघा लिम्बू
- वि.सं. २०८० वैशाख ९ गते ८८ वर्षमा निधन भएको ।
- बेलायत सरकारले ब्रिटिस सेनामा कार्यरत १३ जना गोर्खा सैनिकलाई वीरताको कदर गर्दै प्रतिष्ठित भिक्टोरिया क्रसबाट सम्मान गरेको थियो ।
- तो १३ मा रामबहादुर बेघा लिम्बू कान्छो र एकमात्र जीवित गोर्खा सैनिक थिए ।
- १२ जुलाई १९६६ मा बकिमघम प्यालेसमा बेलायती महारानी एलिजाबेथ द्वितीयले उनलाई भिक्टोरिया क्रस दिएकी थिइन ।
- १९६६ नोभेम्बर २१ को मलाया युद्धमा दुस्मनसँगको मुठभेडको लिम्बूले नेतृत्व गरेका थिए ।
- भीसीपछि “मेम्बर अफ द रोयल भिक्टोरियन अर्डर बाट पनि उनलाई विभूषित गरिएको थियो ।
भिक्टोरिया क्रस विजेता १३ नेपालीहरु
नाम | मिति | युद्ध | ठाउँ |
कूलबीर थापा | सन् १९१५ | पहिलो विश्वयुद्ध | फ्रान्स |
करणबहादुर राना मगर | सन् १९१८ | पहिलो विश्वयुद्ध | इजिप्ट |
लालबहादुर थापामगर | सन् १९४३ | दोस्रो विश्व युद्ध | ट्युनिसिया |
गजे घले | सन् १९४३ | दोस्रो विश्व युद्ध | बर्मा |
तुलबहादुर पुन | सन् १९४४ | दोस्रो विश्व युद्ध | बर्मा |
नेत्रबहादुर थापा | सन् १९४४८ | दोस्रो विश्व युद्ध | बर्मा |
शेरबहादुर थापा | सन् १९४४८ | दोस्रो विश्व युद्ध | इटाली |
अगनसिंह राई | सन् १९४४ | दोस्रो विश्व युद्ध | बर्मा |
थमन गुरूङ | सन् १९४४८ | दोस्रो विश्व युद्ध | इटाली |
गन्जु लामा | सन् १९४४ | दोस्रो विश्व युद्ध | बर्मा |
लाछिमान गुरूङ | सन् १९४५ | दोस्रो विश्व युद्ध | बर्मा |
भनभक्त गुरूङ | सन् १९४५ | दोस्रो विश्व युद्ध | बर्मा |
रामबहादुर लिम्बू | सन् १९६५ | इन्डोनेसिया-मलेसिया भिडन्त | बोर्नियो |
के हो भिक्टोरिया क्रस ?
- भिक्टोरिया क्रस बेलायतको सबैभन्दा ठूलो सैनिक सम्मान हो | यो सबैभन्दा बहादुरी प्रदर्शन गर्ने सैनिकलाई प्रदान गरिन्छ। भिक्टोरिया क्रस बिजेतालाई भि सी भन्ने गरिन्छ।
- स्थापना:२९ जनवरी १८५६