विश्व बैंक – THE WORLD BANK
- यो एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो जसले कम र मध्यम आय भएका देशलाई पुँजीगत परियोजनाहरू सञ्चालन गर्ने उद्देश्यले क्रण तथा अनुदान उपलब्ध गराउँछ।
- विश्व बैंक समूह (World Bank Group) को स्वामित्वमा रहेका पाँच अन्तर्राष्ट्रिय संस्थाहरू मध्ये दुई संस्था International Bank for Reconstruction and development (IBRD) र International Development Association (IDA) को सामूहिक नाम विश्व बैंक हो।
- गठन : डिसेम्बर १९४४ (ब्रेटन वुड्स सम्मेलमा)
ब्रेटन वुड्स सम्मेल:
- दोस्रो विश्वयुद्ध समाप्त हुनु भन्दा एक वर्ष अघि १९४४ मा ४४ देशका प्रतिनिधिहरू संयुक्त राष्ट्रको मौद्रिक र वित्तीय सम्मेलनको लागि भेला भए जुन ब्रेटन वुड्स, न्यू ह्याम्पशायरमा भएको थियो।
- प्रधानकार्यालय : वाशिंगटन, डीसी, संयुक्त राज्य अमेरिका
- सदस्यहरु : IBRD : १८९ countries र IDA: १७४ countries
- नेपाल सदस्य : IBRD : ६ सेप्टेम्बर १९६१ र IDA : ६ मार्च १९६३
- वर्तमान अध्यक्ष : डेभिड मालपास