नेपालमा जलसम्पदाको महत्व
जलसम्पदा
जल प्राप्त हुने सबै किसिमका स्रोतहरूको स्मष्टिलाई जल सम्पदा भनिन्छ । प्राकृतिक स्रोतको रूपमा नदी, ताल, पोखरी, झरना लगायतका विभिन्न स्वरूपमा पाइन्छ । नेपाललाई जल सम्पदाको दृष्टिले धनि देश मानिन्छ ।
नेपालमा जलसम्पदाको महत्व
- पिउने पानी, सरसफाई र पूर्वाघार निर्माणको श्रोतको रुपमा उपयोग गर्न
- जलबिद्युत उत्पादन गरी उर्जा संकट समाधान गर्न, विद्युतको निर्यात गरी विदेशी मुदा आर्जन गर्न
- कृषि क्षेत्रको उत्पादकत्व बढाउन एवं मत्स्य पालन व्यवसाय को प्रवर्धन गर्न
- पीउने पानीको उत्पादन गरेर निर्यात गर्न
- बन्जी जम्पिङ, राफ्टिंग जस्ता मनोरञ्जनात्मक कियाकलाप सञ्चालन गरी आन्तरीक तथा बाहृय पर्यटकलाई आकर्षित गरी आयआर्जन गर्न
- ताल, कुन्ड र पोखरीको प्रर्वद्धन गरी प्राकृतिक सुन्दरता वढाउन
- जल यातायात संचालन गर्ने
- जलचरको संरक्षण र जैविक विविधताको रक्षा गर्न
- राष्ट्रिय अन्तराष्ट्रिय सिमानाको रुपमा उपयोग गर्न