२७ औँ राष्ट्रिय चिया दिवस २०८०
- हरेक वर्ष वैशाख १५ गते मनाइन्छ ।
- २०८० नारा “गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसंग जोडौं ”
- वि.सं. २०५४ सालमा पहिलो पटक राष्ट्रिय चिया दिवस मनाइएको थियो ।
नेपालमा चियाको इतिहास वा विकासक्रम
- इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापा (जंगवहादुरका ज्वाई)ले १९२० सालमा इलामबाट चियाखेतीको सुरुवात गरेको मानिन्छ ।
- तत्कालीन राजा वीरेन्द्र शाहले २०३९ सालमा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्रका रूपमा घोषणा गरेपछि सरकारीस्तरबाट व्यावसायिक चिया खेतीको सुरुवात भएको पाइन्छ ।
- वि.सं. २०१६ सालमा झापामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भएको ।
- वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भएको ।
- वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना ।