व्यवस्थापनको परिचय | विशेषताहरु
व्यवस्थापनको परिचय | अवधारणा
- सामान्य अर्थमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरि उच्चतम् प्रतिफल हासिल गर्ने कार्यलाई व्यवस्थापन भनिन्छ ।
- संगठनको लक्ष्य एवं उद्देश्य प्रभावकारी रुपमा हासिल गर्न अपनाईने विधि, प्रकृया एवं पद्धति हो व्यवस्थापन ।
- यो बहुआयामिक विषय हो ।
- व्यवस्थापनलाई सार्वजनिक व्यवस्थापन र निजी व्यवस्थापन गरि दुई भागमा विभाजन गर्न सकिन्छ।
- निजी क्षेत्रमा अपनाईएको व्यवस्थापनलाई निजी व्यवस्थापन र सार्वजनिक क्षेत्रमा अपनाईएको व्यवस्थापनलाई सार्वजनिक व्यवस्थापन भनिन्छ ।
- सार्वजनिक व्यवस्थापनलाई परम्परागत रुपमा सार्वजनिक प्रशासन भनिन्थ्यो ।
- सन् १९८० को दशकमा सार्वजनिक प्रशासनमा निजी क्षेत्रका राम्रा र सफल व्यवस्थापकीय सिद्धान्तलाई अपनाईयो । तत् पश्चात् सार्वजनिक प्रशासनलाई सार्वजनिक व्यवस्थापन भन्न थालियो।
- सार्वजनिक व्यवस्थापनलाई नयाँ सार्वजनिक व्यवस्थापनको नामले समेत चिनिन्छ।
- प्रसिद्ध प्रशासनविद् लुथर गुलिकले प्रसिद्ध प्रशासनविद् लुथर गुलिकले POSDCORD अर्थात् Planning, Organizing, Staffing, Directing, Coordinating, Reporting र Directing लाई व्यवस्थापनको रुपमा अर्थ्याएको पाईन्छ ।
व्यवस्थापनका विशेषता
व्यवस्थापनका विशेषताहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- यो एउटा बृहत अवधारणा हो ।
- यसको निश्चित लक्ष्य एवं उद्देश्य हुन्छ ।
- यो बहुआयामिक कार्य हो ।
- यो गतिशील र परिवर्तनशील हुन्छ ।
- व्यवस्थापनलाई कार्य सम्पादनको सारको रुपमा लिईन्छ ।
- यसलाई सार्वजनिक र निजी गरि दुई भागमा विभाजन गर्न सकिन्छ ।
- यसले स्रोत र साधनको बैज्ञानिक उपयोग गर्न मद्दत गर्दछ ।
- यसमा Man, Money, Machine, Method र Market को संयोजन हुन्छ ।
- यसलाई कला र विज्ञान दुवैको रुपमा लिईन्छ ।
- यो समयसापेक्ष अवधारणा हो ।