उक्त परिवर्तन (प्रतक्ष्य र अप्रत्यक्ष)
उक्ति परिवर्तन
उक्ति भनेको भनाइ हो । आफ्नो मनमा लागेका कुरालाई बोलेर वा लेखेर अभिव्यक्त गर्ने तरिकालाई उक्ति भनिन्छ । उक्तिलाई कथन पनि भनिन्छ ।
वक्ताले भनेको भनाइ अरूसम्म पुर्याउँदा मुख्यतः दुई किसिमले पुनः प्रस्तुत गर्न सकिन्छ– पहिलो वक्ताले व्यक्त गरेको कुरा जस्ताको त्यस्तै व्यक्त गरेर र दोस्रो वक्ताले भनेको कुराको मुख्य आशय नछोडी आफ्नै तरिकाले व्यक्त गरेर । यसरी अरूले भनेको कुरालाई सोझै प्रस्तुत गरिएको छ वा घुमाउरो गरी प्रस्तुत गरिएको छ भन्ने आधारमा उक्तिका 1. प्रत्यक्ष उक्ति वा प्रत्यक्ष कथन २. अप्रत्यक्ष उक्ति वा अप्रत्यक्ष कथन गरी दुई प्रकार रहेका छन् ।
१. प्रत्यक्ष उक्ति : वक्ताको भनाइलाई जस्ताको तस्तै उतार्दा वा अभिव्यक्त गर्दाको कथन प्रत्यक्ष कथन हो । अथवा कसैको भनाइलाई उसकै शब्दमा प्रस्तुत गर्नुलाई प्रत्यक्ष कथन भनिन्छ । जस्तैः
- (क) रामले, “म बजार जान्छु” भन्यो ।
- (ख) “हामी मिलेनौँ भने देशको विकास सम्भव छैन” नेताले भने ।
माथिको वाक्यमा उद्धरण चिह्नभित्रको अंश कथन अंश हो । यसले वक्ताले प्रेषित गर्न खोजेको मूल सन्देश वा सूचना बुझाएको छ । उद्धरण चिह्न बाहिरको अंश कथयिता अंश हो । यसमा वक्ताको सन्देश वा सूचना प्रेषित गर्ने व्यक्तिको परिचय प्रस्तुत गरिएको छ ।
२. अप्रत्यक्ष उक्ति : वक्ताको भनाइलाई जस्ताको तस्तै उतार नगरी आशय वा अभिप्राय नबिग्रने गरी प्रस्तोताले नै अभिव्यक्त गरिदिने तरिका अप्रत्यक्ष कथन हो । कसैले भनेको कुरालाई उसकै शब्दमा अभिव्यक्त नगरी आफ्नै भाषा र शैलीमा व्यक्त गर्ने अभिव्यक्तिको तरिकालाई अप्रत्यक्ष कथन भनिन्छ ।
जस्तैः
- (क) रामले आफू बजार गएको कुरा सुनायो ।
- (ख) हामी नमिले देश विकास सम्भव नहुने कुरा नेताले गरे ।
अप्रत्यक्ष कथनमा पनि कथन अंश र कथयिता अंश रहेका हुन्छन् । तर कथन अंशमा रहेको उद्धरण चिह्न हट्छ र दुवै अंश भावानुकूल संयोजन हुन पुग्छ ।
प्रत्यक्ष कथन | अप्रत्यक्ष कथन |
भाइले भन्यो, “आज मलाई लेख्न मन छैन ।” |
अ. भाइले आज पढ्न मन छैन भनेर भन्यो । आ. भाइले आज आफूलाई पढ्न मन नभएको कुरा बतायो । इ. भाइले आज आफूलाई पढ्न मन नभएको धारणा राख्यो । ई. भाइले आज आफूलाई पढ्न मन नभएको आशय स्पष्ट ग¥यो । उ. भाइले के भन्यो भने आज उसलाई पढ्न मन छैन । |
प्रत्यक्ष कथनलाई अप्रत्यक्ष कथन र अप्रत्यक्ष कथनलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्ने प्रक्रियालाई उक्ति परिवर्तन भनिन्छ । एक किसिमको उक्त्तिलाई अर्को किसिमको उक्तिमा बदल्नु नै उक्ति परिवर्तन हो ।
प्रत्यक्ष कथनलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्ने प्रक्रिया
- कथन अंशमा लागेको उद्धरण चिह्न तथा सोही अंशको अङ्ग वा पश्च भागमा लागेको अल्पविराम चिह्न हटाउने ।
- कथयिता अंश र अथन अंशका बिचमा संयोजन गर्दा के भने, कसो भने, भनी, भनेर जस्ता योजकको प्रयोग गर्ने कथायिता अंशको क्रियापदलाई कथन अंशको भाव वा अभिप्रायअनुसार बताउनु, ठान्नु, मान्नु, सोध्नु, दर्साउनु, अहउनु, अनुरोध गर्नु, जनाउनु, औँल्याउनु, स्पष्ट पार्नु, व्यक्त गर्नु, स्वीकार्नु, आशा गर्नु, प्रश्न गर्नु, कुरा गर्नु जस्ता क्रियाका रूपावलीको प्रयोग गर्ने ।
- कथन अंशमा आएका कालवाची क्रियायोगी (हिजो, आज, भोलि) लाई कथयिता अंशअनुसार आवश्यक परिवर्तन गर्ने
- कथन अंशमा आएका निकरवर्ती सर्वनाम (यो, यी, यहाँ) लाई आवश्कताअनुसार दूरवर्ती सर्वनाम –त्यो,ती, त्यहाँ) बनाउने
- कथन अंशको लिङ्ग, वचन, पुरुष आदरका आधारमा क्रियापद राख्ने
- कथन अंशको सम्बोधनलाई कथायिता अंशको कर्म बनाउने
सामान्यतया कथायिता अंशलाई प्रधान उपवाक्य र कथन अंशलाई आश्रित उपवाक्य बनाई मिश्र वाक्यको संरचनामा ढाल्ने (कहिलेकाहीँ सापेक्ष संयोजकको प्रयोग नगरी सरल वाक्यीय संरचनामा पनि अप्रत्यक्ष कथन देखाउन सकिन्छ )
उक्ति परिवर्तनका केही उदाहरणहरूः
प्रत्यक्ष कथन | अप्रत्यक्ष कथन |
बिमलले भने, “आजको दिन रमाइलो बित्यो ।” |
|
“तिमी डुल्न जान्छौ ?” मैले उसलाई भनेँ । |
|
शिक्षकले भने, “यो मानिस यस कामका लागि योग्य छ ।” |
|
जिल्लाबासीहरूले भने– “मिलेर पिकनिक जाने कुराको सूचना आजको पत्रिकामा छापिएको छ ।” | जिल्लाबासीहरूले मिलेर पिकनिक जाने कुराको सूचना आजको पत्रिकामा छापिएको बताए । |
श्यामले भन्यो, “उनीहरूले काम गर्दैनन् ।” | श्यामले उनीहरूले काम गर्दैनन् भन्यो । |
ऊ नगए पनि आफू चाहिँ वनभोज जाने कुरा श्वेशाले राजिबसँग गरिन् । | श्वेशाले राजिबलाई भनिन्– “तिमी नगए पनि म चाहिँ पिकनिक जान्छु ।” |
मैले भनेँ, “ आज अवश्य पानी पर्छ ।” | मैले आज अवश्यै पानी पर्ने कुरा बताएँ । |
प्रशंसकहरूले प्रार्थना गरे– “नेपालले विश्व क्रिकेट लिगमा नाम राखोस् ।” | नेपालले विश्व क्रिकेटमा नाम राखोस् भनी प्रशंसकहरूले प्रार्थना गरे । |
हरिले भन्यो, “ म ज्ञानी छु । ” | हरिले आफू ज्ञानी भएको कुरा बतायो । |
बुबाले मलाई सम्झाउँदै भन्नु भयो– “नजाने गाउँको बाटै नसोध्नु ।” | नजाने गाउँको बाटो नसोध्नु भनी बुबाले मलाई सम्झाउनु भयो । |
उहाँले भन्नुभयो “ अध्यक्षज्यू सभा आरम्भ गर्नुहोस् ।” | उहाँले अध्यक्षज्यूलाई सभा आरम्भ गर्न अनुरोध गर्नुभयो । |
हाकुमायाले भनिन्, “ज्यापुकी छोरी ज्यापुनीलाई के को ‘रानी’ भन्नुपर्छ ।” | हाकुमायाले ज्यापुकी छोरीलाई ‘रानी’ नभनेर ज्यापुनी भने पुग्ने विचार व्यक्त गरिन् । |