कला
परिचय
नेपाली कलालाई विशेषतः चार भागमा वर्गीकरण गरिएको पाइन्छ : वास्तुकला, चित्रकला, मूर्तिकला र काष्ठकला ।
(क) वास्तुकला
- वासस्थान सम्बन्धी कलालाई वास्तुकला भनिन्छ ।
- प्यागोडा शैली (छाने शैली), शिखर शैली, चैत्य, मुगल, गुम्वज शैली आदि यसका प्रचलित नमुना हुन् ।
- वास्तुशैली एवम् कलाको दृष्टिबाट नपोलका मन्दिरहरूलाई निम्न तीन पक्रारमा विभाजन गरिएको पाइन्छ :
- → प्यागोडा शैली (छाने शैली)
- → शिखर शैली
- → मिश्रीत शैली
प्यागोडा शैली (छाने शैली)
- मन्दिरको बीचको भागखोक्रो छाडी तहतह परेको छानाहरू बनाइ निर्माण गरिएका मन्दिरहरूलाई प्यागोडा शैली (छाने शैली) भनिन्छ ।
- यस्ता मन्दिर प्राङ्गणमा कलात्मक वस्तुहरू हुन्छन् भने टुँडाल र तोरणको प्रयोग गरिएको हुन्छ ।
- पशुपतिनाथ मन्दिर, चाँगुनारायण, न्यातपोल, भक्तपुर आदि प्यागोडा शैलीका मन्दिरहरू हुन् ।
शिखर शैली
- सुलुत्त परेर माथि चुलिँदै गएका झलक्क हेर्दा शिखरजस्तो देखिने छाना नबनाईकन मन्दिर निर्माण गर्ने कार्यलाई वास्तुकलामा शिखर शैली भन्ने गरिन्छ ।
- यस्ता मन्दिरहरूको शिखर उँभोतिर सानो हुँदै गएको हुन्छ भने आमलक, छत्र र गजुरको प्रयोग गरिएको हुन्छ, बाहिर वरिपरि प्रदक्षिणा पथ बनाइएको हुन्छ भने भित्रपट्टि मूर्ति राखिन्छ ।
- यस शैलीका मन्दिरहरू ब्रह्मा मन्दिर, पाटनको श्रीकृष्णमन्दिर, पाटनको महाबौद्ध मन्दिर, मच्छिन्द्रनाथ मन्दिर, बुङ्गमती, ललितपुर आदि हुन् ।
स्तुप शैली
- वौद्ध परम्परा अनुसार तल फुकेको र माथि साँघुरो हुँदै गएको शैलीलाई स्तुपा शैली भनिन्छ, स्तुपा शैलीमा एउटा मात्रै गजुर रहेको हुन्छ । जस्तै : बौद्धनाथ र स्वयम्भुनाथ ।
मिश्रित शैली
- वास्तुकलाका विभिन्न शैलीहरूको मिश्रण गरी निर्माण गरिएको शैलीलाई मिश्रीत शैली भनिन्छ ।
- भारतको टिकमगढका राजा प्रतापसिंह र रानी वृषभानु कुमारीले वि.स. १८९५ मा निमार्ण कार्य सुरू गरेर १२ वर्ष लगाएर बनाएको जनकपुरको जानकी मन्दिर मिश्रित वास्तु शैलीको उदाहरण हो ।
- राजपुत शैली र मुगल शैली अर्थात शिखर र गुम्बज शैलीको विशिष्ट मिश्रित स्वरूप हो ।
(ख) चित्रकला
- नौसय वर्षसम्म पूराना प्राचीनबौद्ध ग्रन्थहरूमा चित्रित बौद्ध चित्रहरू नै नेपालका चित्रकलाका प्राचीन नमूना हुन् ।
- चित्रकलालाई निम्न ३ प्रकारले अध्ययन गर्न सकिन्छ :
ग्रन्थचित्र
- छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तकहरू हातैले लेखेर तयार पार्ने गरिन्थ्यो ।
- यस्तै ग्रन्थलाई हस्तलिखित ग्रन्थ भनिन्छ ।
- यी ग्रन्थहरूमा लेखिएका विषयसँग सम्बन्धित चित्रहरू पनि ती ग्रन्थहरूमा बनाउने चलन त्यस बेला थियो ।
- यिनै चित्रहरूलाई ग्रन्थचित्र भनिन्छ ।
- ग्रन्थचित्रलाई दुई वर्गमा वर्गीकरण गरिएको छ ।
- क) गाताचित्र ख) पात्रचित्र
- ग्रन्थलाई सुरक्षित रूपमा ढाक्नका लागि तल र माथि राखिएका काठका चिल्ला फल्याकहरूमा भित्रि, बाहिरी भागमा वा दुवैतर्फ कोरिएको चित्र गाताचित्र हुन् भने मूलपाठको दायाँ बाँया बनेका वा मूल पाठलाई दायाँ बायाँ पारी कथावस्तुसँग मिल्ने गरी बनाइएका चित्रहरू पात्रचित्र हुन् ।
- ग्रन्थचित्रहरू ज्यादै सूक्ष्म रूपमा बन्ने हुँदा Miniature Painting भनेर पनि उल्लेख गर्ने गरिएको पाइन्छ ।
- ग्रन्थचित्रहरूमा पञ्चरक्षा, प्रज्ञापारमिता, हरिवंश पूराण आदि यसका उत्कृष्ट उदाहरण हुन् ।
भित्ते चित्र
- घर, मन्दिर, गुम्वा आदिको भित्ताहरूमा बनाइएको चित्रलाई भित्ते चित्र भनिन्छ ।
- जस्तै भक्तपुरको ५५ झयाले दरबारमा रामायण, महाभारतका कथाहरू, नल दमयन्ती कथा, कृष्णजन्म र राशलीलाका आर्कषक चित्रहरूका साथै युद्धका लागि तत्पर शस्त्रास्त्रले सुसज्जित सैनिकहरूकको चित्र अङ्कित जयप्रकाश मल्लद्वारा निर्मित जीवित देवी (कुमारी) को घर मानिने कुमारी घरमा रातो र सेतो मच्छिन्द्रनाथको चित्र, पचली भैरव, भीमसेन, हिरण्य कश्यपु वध, महाङ्काल, वज्रयोगिनी, गणेश आदि देवी देवताको र मुगल भेषमा जयप्रकाश मल्लको ६ फिट अग्लो चित्र अङ्कित छ ।
- मिथिला चित्रकला तराई क्षेत्रमा प्रचलित भित्ते चित्रको सबै भन्दा उत्कृष्ट नमुना हो ।
पौभाचित्र
- विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ ।
- पौभाचित्र पट र मण्डल गरी दुईछन् ।
- ‘पट’ विधिमा देवी देवताका चित्रलाई बीचमा राखी अन्य सहायक देवी देवताहरूलाई वरिपरि राखिन्छ भने ‘मण्डल’ विधिमा क्यानभासको बीचखण्डमा तान्त्रिक वा साङ्केतिक चिन्हहरू राखिन्छन् ।
- पौभाचित्रहरू नेपाली चित्रकलाको विशिष्ट शैलीको रूपमा रहेका छन् ।
(ग) मूर्तिकला
- विभिन्न प्रकारका ढुङ्गा, माटो, काठ, सिसा, धातु आदिको विभिन्न आकृति बनाउने कलालाई मूर्तिकला भनिन्छ ।
- नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको पाइन्छ ।
- मल्लकालमा नेपालको मूर्तिकला निकै फस्टाएको थियो ।
(घ) काष्ठकला
- काठको प्रयोग गरी विभिन्न मूर्ति,भाडा, झयाल, ढोका,फर्निचर आदिको निर्माण सम्बन्धिकलालाई काष्ठकला भनिन्छ ।
- नेपालमा काष्ठकलाको उच्चतम विकास मल्लकालमा भएको मानिन्छ ।
- कलाकृतिका उत्कृष्ट नमूनाका रूपमा रहेका मयूर झयाल, देसेमरू झया, कुमारी घरको झ्यालहरू, ५५ झयाले दरबारका झयालहरू आदि हुन् ।
केहि प्रश्नहरु
प्रश्न | उत्तर |
घर, मन्दिर, पाटी, पौवा, दरबार आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ? | वास्तुकला |
काठमाडौँको धरहरा कुन शैलीमा निर्माण गरिएको छ ? | मुगल शैली |
कलाको दृष्टिकोणले काठमाडौँ उपत्यकालाई के को रूपमा लिने गरिन्छ ? | खुला सङ्ग्रहालय |
पाटन संग्रहालयको पुनः निर्माण (धातुकला सङ्ग्रहालय) कुन मुलुकको सहयोगमा भएको हो ? | अष्ट्रिया |
नेपालको सबैभन्दा पूरानो (नौ सय वर्ष अघि) हस्तलिखित प्रज्ञापारमिता नामक ताम्रपत्रको एकापट्टि पञ्च बुद्ध र चार तारा छ भने अर्कोपट्टि के छ ? | बज्रसत्व, देवीहरूका चित्र र प्रज्ञापारमिता |
वास्तुकलाको उच्चतम विकासकाल भनेर कुन काल लाई भनिन्छ ? | मध्य काल |
काठमाडौँ उपत्यकामा विशेष गरी कुन शैलीका मन्दिर, दरबारहरू बनेका छन् ? | प्यागोडाशैली |
जानकी मन्दिर निर्माण गर्दा प्रयोग गरिएको शैली कुन हो ? | मुगलरराजपुत शैली (२०७३,लो.से.आ.) |
एकभन्दा बढि छानो बनाई तल फराकिलो र माथि साँघुरिँदै जाने शैलीलाई कुन शैली भनिन्छ ? | प्यागोडा |
पशुपतिनाथ मन्दिर, चाँगुनारायण मन्दिर कुन शैलीका मन्दिर हुन् ? | प्यागोडा (२०७१, लो.से.आ.) |
धनीहरूको घर अर्थ लाग्ने हम्र्य शैलीलाई कुन कालका दरबारहरूको कलात्मक र उत्कृष्ट शैलीका रूपमा लिइन्छ ? | मध्य (मल्ल) काल |
जनकपुरको जानकी मन्दिर कुन शैलीको नमुना हो ? | राजपूत र मुगल मिश्रित शैली |
लुम्बिनीको मायादेवी मन्दिर कुन शैलीमा बनेको मन्दिर हो ? | स्तुप शैली |
छानाविहीन पहाडको चुचुरा जस्तो गरी उँभोतर्फ साँघुरो र चुच्चो पार्दै गएको वास्तुकला सम्बन्धी शैलीलाई के भनिन्छ ? | शिखर शैली |
पुनरेवा दरबार कहाँ छ ? | रौतहट |
नेपालको सबैभन्दा ठूलो दरबार सिंहदरबार हो भने नेपालको सबैभन्दा ठूलो मन्दिर कुन हो ? | जानकी मन्दिर |
नेपालको सबैभन्दा ठूलो घण्टा हनुमान ढोका अगाडि रहेको छ भने नेपालको सबैभन्दा ठूलो नगरा कहाँ छ ? | हनुमान ढोका अगाडि |
नेपालको सबैभन्दा पूरानो मन्दिर जसलाई प्राचीन कालमा युयान समेत भनिन्थ्यो कुन हो ? | स्वयम्भुनाथ |
विश्वको सबैभन्दा ठूलो थान्का नेपालमा कहिले प्रदर्शन गरिएको थियो ? | वि.सं. २०६९ मा |
लंलितकला अन्तर्गत पर्ने मुख्य ३ पक्षहरू के–के हुन् ? | वास्तुकला, मुर्तिकला र चित्रकला |
पौभा चित्र कति प्रकारका हुन्छन् ? | २ (पट र मन्डला) |
पौभा चित्रलाई तिब्बती भाषामा के भनिन्छ ? | थान्का |
हनुमान ढोका दरबार, मरुसत्तल, नोल्छे दरबार, नौतले दरबार भनेर कुन दरबारलाई चिनिन्छ ? | वसन्तपुर दरबार |
घरको भित्तामा कोरिने पुराति चित्र कुन जाती विशेषको पहिचान हो ? | गुरुङ्ग |
सबैभन्दा पूरानो नेपाली हस्तलिखित ग्रन्थचित्र कुनलाई मानिन्छ ? | प्रज्ञा, पारमिता |
भुस, माटो गोबर मिलाई मिहीन बनाएर भित्तामा कोरिएको चित्रलाई के भनिन्छ ? | भित्ते चित्र (२०७०, लो.से.आ.) |
थारु समुदायले घरका भित्तामा कलात्मक रूपमा बनाउने पशुपंक्षी, फुल, वोट, विरुवा आदिको चित्र कोर्ने कार्यलाई के भनिन्छ ? | मोखा |
The Last Judgment कसले बनाएको विश्व प्रसिद्ध चित्र हो ? | माइकल एन्जेलो |
नेपालको पहिलो महिला चित्रकार को हुन् ? | डवाला सम |
गुरूङ जातिको घरको भित्तामा कोरिने एक प्रकारको भित्ते चित्रलाई के भनिन्छ ? | पूराति चित्र (२०६९, लो.से.आ.) |
थाङ्का चित्रकलालाई “पौभा चित्र ’’ भनिन्छ भने मिथिला चित्रलाई के भनिन्छ ? | मधुवनी चित्रकला |
संसारमा कलाहरू मध्ये सबैभन्दा प्राचिनकला कुन हो ? | चित्रकला |
पुस्तकको पाना वा गातामा लेखिएको चित्रलाई के भनिन्छ ? | ग्रन्थ चित्र |
प्रतिक चिन्ह बीचमा राखी बनाइएको चित्रलाई के भनिन्छ ? | मण्डल चित्र |
माटोलाई तेलमा मिलाइ पकाएर विभिन्न मूर्ति बनाउने प्रविधिलाई के भनिन्छ ? | टेराकोटा |
नेपालमा हालसम्म पाइएको सबैभन्दा पूरानो चित्र कुन हो ? | ग्रन्थ चित्र |
कलाकार अरनिकोलाई चिनीयाँहरूले के भनेर सम्बोधन गर्दथे ? | आनिक |
काठमाडौं उपत्यकाका महत्वपूर्ण १८ महाविहारहरूमध्ये सबैभन्दा पूरानो महाविहार कुन हो ? | बज्रशीला महाविहार |
नेपालमा प्यागोडा शैलीको सुरुवात कहिलेदेखि भएको मानिन्छ ? | ११ औं शताब्दी (२०६८, लो.से.आ.) |
सम्राट अशोक नेपाल आउँदा नेपालमा बनाउन लगाएका अशोक स्तम्भ कति ओटा छन् ? | ३ वटा |
नेपाल ललितकला संघको स्थापना कहिले गरिएको हो ? | वि.सं. २०२२ |
गुतपौ दरबार कुन दरबारको पूरानो नाम हो ? | हनुमान ढोका दरबार |
सिंहदरबारलाई एशियाकै ठूलो (वि.सं. २०३० सम्म मात्र) र सुविधा सम्पन्न महलको रूपमा कहिले घोषणा गरिएको थियो ? | वि.सं. १९६२ |
स्वयम्भु तथा बौद्धनाथको चैत्य कुन शैलीमा बनेका छन् ? | स्तुप शैली |
वास्तुशास्त्रको मूल आधार कुन वेदलाई मानिन्छ ? | स्थापत्य वेद |
फ्रान्सको भर्सेलिज दरबारको अनुकरण गरी नेपालमा बनाइएको दरबार कुन हो ? | सिंह दरबार |
भक्तपुर माटाको भाँडाको लागि प्रसिद्ध छ भने पाटन ढोका केका लागि प्रख्यात छ ? | धातुको भाँडाको लागि |
काठमाडौं उपत्यकामा सबभन्दा बढी कुन शैलीका मन्दिर छन् ? | प्यागोडा |
ललितकला भन्नाले केलाई बुझाउँछ ? | वास्तुकला, मूर्तिकला र चित्रकला |
ईंटाबाट बनेको नेपालको सबैभन्दा ठूलो मन्दिर कसलाई मानिन्छ ? | पाटनको महाबौद्ध मन्दिर |
गुनपौ दरबार कुन दरबारको पूरानो नाम हो ? | हनुमानढोका दरबार |
पाषाण युगमा कलालाई के भनिन्थ्यो ? | जादु |
नेपाली वास्तुकलामा कति प्रकारका शैलीको विशेष भूमिका रहेको छ ? | ३ |
हिरण्यवर्ण महाविहार कहाँ छ ? | क्वालखु, ललितपुर |
हनुमान ढोका दरबारलाई पहिले के भनिन्थ्यो ? | गुतपौ |
दरबारनेपालको सबैभन्दा अग्लो मन्दिरको रूपमा रहेको भक्तपुरको न्यातपोलको उचाँइ कति छ ? | १०८ फिट |
मुगल सम्राट शाहजहाँले मुमताजको स्मृतिमा निर्माण गराएको भारतको उत्तर प्रदेश आग्रा सहरमा अवस्थित ताजमहलको निर्माण गर्न कति समय लागेको थियो ? | १७ वर्ष |
खड्गशमशेरद्वारा आफ्नी महारानी तेजकुमारीको यादमा एउटै विशाल चट्टानको काखमा कुदिएर ढुङ्गाका प्रस्तर कलाकृति झल्कने गरी रानीमहल कति वर्षमा निर्माण गरिएको थियो ? | १० वर्ष |
पशुपतिनाथको मन्दिरलाई स्वर्णमय बनाउने ब्यक्ति को हुन् ? | भाष्कर बर्मा बिश्व |
विश्वमा प्यागोडा शैलीको विकास कुन देशबाट भएको मानिन्छ ? | जापान |
नेपाली वास्तुकलामा कति प्रकारका शैलीको विशेष भूमिका रहेको छ ? | ३ |
काभ्रेमा रहेको पलाञ्चोक भगवतीको मन्दिर कसले बनाएको हुन् ? | मानदेव |
लालदरबार र सेतो दरबार कसले बनाएका हुन् ? | बीर शमशेर |
घर देवालय बनाउने कलालाई के भनिन्छ ? | स्थापत्य कला |
ऐतिहासिक हिल्याङ्ग दरबार कहाँ पर्छ ? | पाँचथर |
उपत्यकाको जगत नारायण मन्दिर कुन शैलिमा निर्माण गरिएको हो ? | शिखर |
प्यागोडा शैलीको सबैभन्दा पूरानो मन्दिर कुन हो ? | चाँगुनारायण |
नेपालको सबैभन्दा पूरानो मन्दिर कुनलाई मानिन्छ ? | स्वयम्भूनाथको मन्दिर |
कुनै वस्तु निर्माण, सिर्जना, कार्य सम्पादन, प्रस्तुतीकरणको क्रममा अपनाइने सीप वा कौशललाई के भनिन्छ ? | कला |
– नेपाली कलाको उत्कर्षकाल भनेर कुन शताब्दीलाई चिनिन्छ ? | ११ औं |
– आशुकवि भनेर कसलाई चिनिन्छ ? | शम्भु प्रसाद ढुङगेल (२०७३,लो.से.आ. ) |
– कपडामा बनाएको चित्रलाई के भनिन्छ ? | थाङ्का, पौवा |
– चित्रकलामा कुन कुन पर्दछन् ? | ग्रन्थ चित्र, पौभा चित्र र भित्ते चित्र |
– विश्वप्रसिद्द इटालियन चित्रकार एव मूर्तिकार माइकल एन्जलोले २० वर्ष लगाएर बनाएको प्रसिद्ध चित्र के हो ? | अन्तिम निर्णय (Last Judgement) |
– नेपालको सबैभन्दा ठूलो काठको मन्दिर कुनलाई मानिन्छ ? | काष्ठमण्डप |
मन्दिर लगायतका स्मारकहरूको छानालाई थाम्न ४५ को कोणमा राखिने साधा वा कलात्मक काठलाई के भनिन्छ ? | टुँडाल |
मन्दिरहरूमा प्रवेशद्वार माथि रहने अर्ध वृत्ताकार काठका आकृतिहरूलाई के भन्न्छि? | तोरण |