नेपालका सहिदहरु (re enter edited)
नेपालका सहिदहरुको बारेमा जानकारी :-
नेपालका प्रथम सहिद :-
- लखन थापा
- वि.सं.१८९१ मा गोर्खामा जन्मेका
- वि.सं.१९३३ फागुन २ गते मनकामना मन्दिर अघि यिनलाइ फासी दिइयो।
- लखन थापालाइ जङ्गबहादुर राणा ले फासी दिएका हुन।
- उनलाई सन् २००२-०२-२३ मा तत्कालीन नेपालको श्री ५ को सरकार बाट शहिद घोषणा गरिएको थियो।
- तात्कालीन प्रधानमंत्री कृष्णप्रसाद भट्टराईको मंत्रीपरिषद बैठकले २०५६ साल फागुन ११ गते लखन थापा मगरलाई सहिद घोषणा गरेको थियो।
- वि.सं.२०७२ असोज ३ गते नेपाल सरकारले लखन थापा नेपालका प्रथम सहिद भनी घोषणा गर्यो।
पहिलो सहिद: लखन थापा मगर बारे
- जन्म : बि.स. १८९१ गोर्खामा
- मृत्यु :बि.स.१९३३ फागुन २ गते
- लखन थापालाई जंगबहादुर राणाले गोर्खाको मनकामना मन्दिर अगाडि फाँसी दिएका थिए ।
- मनकामना मन्दिर लखन थापाले नै निर्माण गरेका हुन – यस मन्दिरमा मगर जातिको पुजारी राखी पुजा गर्ने चलन पनि उनैले चलाएका हुन
- उनी जंगबहादुरलाई मार्न आफुले अवतार लिएको ; जंगबहादुर मेरो लाससँगै सति जानेछ भन्थे ।
- लखन थापालाई बि.स.२००२/२/२३ मा सहिद घोषणा गरिएको थियो।
- नेपाल सरकारले लखन थापालाई पहिलो सहिदको मान्यता बि.स.२०५६ फागुनमा दिएको थियो ।
- सरकारले प्रथम सहिद घोषणा बि.स.२०७२ असोज ३ गते गरेको हो ।
४ सहिद बारे जानकारी :-
सहिदको नाम | जन्म | मृत्यु दण्ड | अभियोग |
१. सुक्रराज सास्त्री (पहिले मारिने) | वि.सं.१९५० साउन १८ (काठमाडौँको खिउँलँ, थाय्मदुमा) | वि.सं.१९९७ माघ १० गते (टेकु पचलिमा खरिको बोटमा झुण्डाएर) | राजद्रोह |
२. धर्मभक्त माथेमा (माहिला सहिद), (व्यायमका गुरु) | वि.सं.१९६६ असोज ९ (काठमाडौको ओमबाहालमा) | वि.सं.१९९७ माघ १२ गते (सिफलमा झुन्डाएर) | राजद्रोह |
३. दसरथ चन्द (अन्तिम मारिने) | वि.सं.१९६० असार १९ (बैतडी जिल्लाको बस्कोटमा ) | वि.सं.१९९७ माघ १४ गते (सोभा भगवतीमा गोलि हानेर) | राजद्रोह |
४. गङ्गालाल श्रेष्ठ (कान्छा सहिद) | वि.सं.१९७५ (रामेछापको भभेरी गाउमा) | वि.सं.१९९७ माघ १४ गते (सोभा भगवतीमा गोलि हानेर) | खुला मन्चमा राणासाशन मुर्दाबाद भनी उनले गरेको भासणको अभियोगमा |
नेपालको पहिलो धार्मिक सहिद
- वाचन शिरोमणि पण्डित नारायण प्रसाद पोखरेल
- उनको हत्या बि.स. २०६२ बैशाख २३ गते रौतहटको कलौनामा भएको थियो
- उनलाई बि.स.२०६६ अषाढ ४ गते सहिद घोषण गरिएको थियो ।
नेपालको पहिलो साहित्यक सहिद
- कृष्णलाल अधिकारी
- उनको मृत्यु : बि.स.१९८० मा भएको थियो
थप सहिदहरुः
- नेपालको पहिलो संरक्षण सहिद :
- गणेश बहादुर शाही
- पहिलो निजामती सहिद : नवराज विष्ट
- नेपालको पहिलो न्यायाधीश सहिद : रणबहादुर बम
- जनाअन्दोलन-२ का प्रथम सहिद : उमेशचन्द्र थापा (कतै देविलाल पौडेल पनि छ )
- जनआन्दोलन-२पछि भएको मधेस आन्दोलनको पहिलो सहिद : रमेश महतो(सिराहा )
- जनआन्दोलन-२ मा सहिद हुने एक मात्र बिदेशी : मोहम्मद जाहागिर(भारत)
- जनआन्दोलन-२ का जिउदा सहिद : मुकेश कायस्थ र विष्णुलाल महर्जन
- जिउदो सहिद भनेर टंकप्रसाद आचार्यलाई भनिन्छ।
- जनआन्दोलन-२ का जम्मा २५ जनालाइ सहिद घोषणा गरिएको छ ।
- जनाआन्दोलन-२ का २१ जनालाइ सहिद घोषणा : बि.स.२०६३/२/२१ मा गरिएको थियो ।
- सहिद दिवस : हरेक बर्ष माघ १६ गते मनाइन्छ ।
- सहिद रंगशाला मोरङमा रहेको छ ।