राणाकाल
राणाशासन
- १०४ वर्ष शासन (१९०३ -२००७)
तीन पुस्तामा ९ जना राणाकालिन प्रधानमन्त्रीहरु
१. जंग बहादुर राणा
- जन्मः वि.स. १८७४, थापाथली दरबार
- पिता/माताः बालनरसिङ कुँबर/गणेशकुमारी
- वास्तविक नामः विर नरसिंह कुँबर
- ११ वर्षमा काजी सनक सिंह थापकी महिनी नन्दकुमारीसँग विवाह
- मामा माथबर सिंहले जंगबहादुर भनेर नामाकरण गरे
- प्रधानमन्त्री बन्ने लोभमा मामा माथबर सिंहलाई १९०३ असोज २ गते गोलि हानी मारेको ।
- सबैभन्दा सानो उमेरमा प्रधानमन्त्री हुने व्यक्ति (२९ वर्ष)
- उनले युरोपमा १ वर्ष २९ दिन बिताए जसबेला भाई बमबहादुरलाई प्रधानमन्त्रीको कार्यवाहक दिएको ।
- वि.स. २९०८ मा नेपालमा प्रेसको सूरुवात
- १९१० असोज २७ मा दरबार स्कुलको स्थापना
- नेपालको पहिलो लिखित कानुन ‘मुलुकी ऐन १९१०’ लाई १९१० १० पौष ७ गते जारी
- १६ वर्ष मुनिका महिला र ५ वर्ष मुनिका छोराछोरी छोडी सति जानु नपर्ने व्यवस्था गरे ।
- नेपाल तिब्बत विच सन् १८५६ मार्च २४ (१९१२ चैत्र ३) मा थापाथली सन्धी सम्पन्न ।
- सुघौली सन्धी मार्फत खोसेर लेको नेपालका बाँके, बर्दिया, कैलाली र कन्चनपुर (नया मूलुक) फिर्ता गरे ।
- वि.स. १९३३ फाल्गुन १६ मा निधन ।
२. रणोद्दिप सिंह
- सन् १८९९ फेब्रुअरी २७ मा ५२ वर्षको उमेर मा प्रधानमन्त्री पद पाए ।
- धिर समशेरको सल्लाह अनुसार संस्कृत पाठशाला र संस्कृत छात्राबासको स्थापना गरे । हाल तिनधारा पाठशालाको नामबाट चर्चित छ ।
- नेपालमा बैंकिङ प्रणालीको सुरुवात ।
- नेपालको पहिलो वैंकिङ प्रणालीको लागि खुलेको स्वरुप तेजारथ अड्डा हो । यसमा रुपैया, पैसा, तथा चाँदीको व्यापार गर्थ्यो ।
- वि.स. १९४२ को दिन राती ९:३० बजे धीर समशेरका छोराहरु डम्बर, खड्ग, भीम र चन्द्रले गोली हानी हत्या गरे ।
३. वीर शमशेर
- जवरा लेख्ने पहिलो व्यक्ति ।
- महिला शिक्षाको सूरुवात ।
- सर्वसाधरण जनताका छोराछोरीलाई दरबार स्कुलमा पढ्न दिने व्यवस्था गरे ।
- नेपाललाई वि.स. १९५२ मा ३५ जिल्ला (१२ जिल्ला तराई र २३ जिल्ला पहाड) मा विभाजन गरे ।
- नेपालमा पदकको पराम्परा सबैभन्दा पहिले वीर समशेरले ल्याएका ।
- प्रसिद्ध नारायणहिटी दरबार, सेतो दरबार र फोहोरा दरबार निर्माण गराए ।
- मोटर चढ्ने पहिलो व्यक्ति (मोटर चढेर जमलबाट नारायणहिटी पुग्ने पहिलो प्रधानमन्त्री)
- विदेशी वैङ्कमा रकम जम्मा गर्ने चलन चलाए ।
- विर्ता बाँड्ने प्रथा, दौडाहा प्रथाको सुरुवात ।
- नेपालमा पहिलो कारागार केन्द्रिय कारागारको स्थापना गरे ।
- वि.स. १९५७ फागुन २३ गते कलेजोको रोगबाट विधन भयो
- वीर समशेरका जेठा छोरा गेहेन्द्र शमशेर नेपालको पहिलो बैज्ञानिक हो ।
४. देव शमशेर (धनकुटे महाराज)
- सुधारप्रेमी राणा प्रधानमन्त्री
- सबैभन्दा कम समय (११४) दिन प्रधानमन्त्री हुने व्यक्ति ।
- यीनि प्रधानमन्त्री हुदाँ राजा जयपृथ्वीबहादुर सिंहले लेखेका ‘अक्षराङ्क शिक्षा’ नामक पुस्तक निःशूल्क वितरण ।
- अक्षराङ्क शिक्षालाई नेपालमा औपचारिक रुपमा छापिएको पहिलो पाठ्यपुस्तक मानिन्छ ।
- नेपालको इतिहासमा पहिलो पत्रिका गोरखा पत्रलाई १९५८ वैशाख २४ देखि साप्ताहिक प्रकाशन गर्न लगाए ।
- जुद्ध शमशेरले हप्तको २ दिन, पद्म शमशेरले हप्ताको ३ पटक र २०१७ फागुन ७ देखि दैनिक रुपमा प्रकाशन गर्न थालियो ।
- दास प्रथाको उन्मुलनमा सुरुवात गरे ।
- सरकारी कार्यलय समय १० बजे देख ५ बजे तोके ।
- कर्मचारी विदाको व्यवस्था (वर्षको १७ दिन बिदा दिने नियम) गरे ।
- मध्यन्न १२ बजे समयको ज्ञान गराउन तोप पड्काउने चलन चलाए । (पछि २०४५ वैशाख १ गते बन्द)
- सन् १९१४ फेब्रुअरी २० मा पक्षघातको रोगबाट निधन भयो ।
देव शमशेरका कार्यहरु
कामहरु | सुत्र |
धनकुटे महाराज उपनाम | धनकुटे महाराज देव शमशेरले १०-५ को समयमा ११५ दिन शासन गरी १२ वजे तोप पड्काउदै शिक्षाका पिता बने । |
कार्यलय समय १०-५ बनाए | |
११४ दिन शासन गरे | |
१२ वषे तोप पड्काउने चलन | |
शिक्षाका पिता |
५. चन्द्र शमशेर (फिस्टे महाराज, घरको बाघ वनको स्याल)
- प्रथम विश्वयुद्ध हुदाँका नेपालका प्रधानमन्त्री (बेलायत/मित्रराष्ट्रको तर्फबाट भाग लिने घोषणा गरेको)
- प्रथम विश्वयद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो नेपाली कुलवीर थापा र दोस्रो कर्ण बहादुर थापा (२ जना मात्र) हुन् ।
- वि.स. १९६० बाट उनले चैत्रको सट्टा नयाँ वर्ष वैशाख १ मा मनाउने चलन सूरु गरे ।
- वि.स. १९६२ मा २५ लाख खर्च गरेर नेपालको सबैभन्दा पुरानो र ठुलो प्रशासकीय भवन सिंहदरबार बनाए ।
- वि.स. १९६५ मा २२ लाख खर्च गरेर नेपालको पहिलो नहर चन्द्र नहर (सप्तरीमा) को स्थापना ।
- नेपालको जगणनाको थालनी वि.स. १९६८ देखि सुरु ।
- नेपालको पहिलो जलविधुत आयोजना फर्पिङ जलविधुत आयोजना वि.स. १९६८ जेठ ९ मा सिंहदरबारमा बालेको । यही सम्झनामा हरेक वर्ष जेठ ९ मा उर्जा दिवस मनाइन्छ ।
- वि.स. १९९० मा टेलिफोन सेवाको सुरुवात ।
- वि.स. १९७५ भाद्र २७ मा त्रिचन्द्र कलेज (नेपालको पहिलो कलेज) को स्थापना ।
- सामाजिक कु पर्था मानिने सती प्रथा वि.स. १९७७ असार २५ गते जन्मदिनको दिन पारी अन्त्य भएको घोषणा गरे ।
- वि.स. १९८१ मंसिर १४ मा दास प्रथाको अन्त्य घोषणा ।
- नेपालमा उच्च शिक्षाको प्रारम्भ गरे ।
- राणाका सन्तानलाई A B C Class वा क, ख, ग गरी ३ वर्गमा विभाजन ।
- २८ वर्ष ५ महिना सम्म प्रधानमन्त्री काम गरेर ६६ वर्षको उमेरमा वि.स. १९८६ मंसिर ३० गते निधन भयो ।
६. भिम शमशेर (बुढा महाराज)
- सबैभन्दा बृद्ध उमेर (६४ वर्ष) मा प्रधानमन्त्री भएकोले बुढा महाराज भनेर चिनिन्छ ।
- उनका पालामा लाईब्रेरी पर्व, बसन्त शमशेर पर्व, प्रचन्ड गोरखा पर्व, चर्खा पर्व आदि घटना भएको,
- कपास खेतीलाई जोड दिएको
- कार्यलय समय १० बजे देखि ४ बजे सम्म बनाएको ।
- शुक्रबार आधा र शनिबार पुरा विदा दिने व्यवस्था ।
- छोराछोरीलाई बन्दक राख्ने व्यवस्थाको अन्त्य ।
- मृत्यु वि.स. १९८९ भाद्र ९ मा भयो ।
७. जुद्ध शमशेर (राजर्षि महाराज)
- जुद्ध शमशेरको दाजु भिम शमशेरको निधन पछि वि.स. १९८९ देखि २००२ सम्म प्रधानमन्त्री बने ।
- नेपालमा हाल सम्मकै सबैभन्दा ठुलो भूकम्प ८.४ रेक्टरको १९९० माघ २ गते दिउसो २ बजे उनी प्रधानमन्त्री हुदा गएको । सम्झानामा माघ २ गते भुकम्प सुरक्षा दिवस मनाइन्छ ।
- सबैभन्दा सुधारबादी राणा प्रधानमन्त्री थिए ।
- यीनकै नेतृत्वमा नेपालमा सर्वप्रथम १९९३ मंसिर ९ मा उद्योग परिषदको स्थापना भयो जसकारण उनलाई उद्योगका पिता पनि भनिन्छ ।
- वि.स. १९९४ कार्तिक ३० मा नेपालको पहिलो वैंक नेपाल वैंक लिमिटेडको स्थापना गरे । (पहिलो डाइरेक्टर बहादुर शमशेर)
- नेपालको पहिलो उद्योग विराटनगर जुटमिल हो ।
- वि.स. १९९० मा एस.एल.सी वोर्डको स्थापना ।
- वि.स. १९८९ मा नेपालको एकमात्र चिडियाखाना ‘जावलाखेल सदर चिडियाखाना’ को स्थापना ।
- उनले १३ दिन क्रिया बस्ने चलन चलाए ।
- कर्मचारी र सेनालाई पेन्सन र संचयकोषको व्यवस्था ।
- मृत्युः वि.स. २००९ मंसिर ८ (७७ वर्ष) मा भएको ।
८. पद्म शमशेर (स्कुलका पिता)
- पद्म शमशेर तेस्रो पुस्ताका प्रथम प्रधानमन्त्री हुन् ।
- ‘म राष्ट्रको नोकर हुँ’ भन्ने उद्गार व्यक्त गर्ने व्यक्ति
- उनी संकटको घडीमा रुने हुदाँ ‘रुन्चे महाराज वा प्रधानमन्त्री’ भनिन्थ्यो ।
- प्रथम र दोस्रो विश्वयुद्धमा भागलिने एकमात्र व्यक्ति पद्म शमशेर हुन् ।
- यिनले प्रौढ शिक्षाका विकासका लागि आधार स्कुलको स्थापना गरे ।
- नेपालको संविधान जारी गर्ने पहिलो व्यक्ति (नेपाल सरकार वैधानिक कानुन २००४) जारी गरे ।
- वि.स. २००४ माघ १३ गते घोषणा भएको संविधान २००५ वैशाख १ देखि लागु हुने भनिएको तर कार्यन्वयन हुन सकेन ।
९. मोहन शमशेर
- नेपालको अन्तिम राणा प्रधानमन्त्री (६४ वर्षमा प्र.म. बने ।) उनी चन्द्र शमशेरका छोरा हुन् ।
- सर्वसाधरणलाई रेडियो राख्न अनुमति दिने व्यक्ति ।
- राजा त्रिभूवनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र घोषणा गर्दा नेपालका प्र.म. मोहन शमशेर थिए ।
राणाकालिन पदहरु
पद | विवरण | सुत्र |
मुख्तियार | प्रधानमन्त्री | मुप्र बडा मुख्य काम सुप्र राजकीय खरिदार |
बडाकाजी | मुख्यमन्त्री | |
काजी | मन्त्रीस्तरीय पद | |
सुब्बा | जिल्ला प्रशासन तर्फ मुख्य पद | |
खरिदार | राजकीय सम्बन्धी लेखपढ गर्ने |